उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–३० लालपर्सास्थित स्वास्थ्य चौकीको बर्थिङ सेन्टरका सेवाग्राहीहरूको सुविधाका लागि तीन थान सिलिङ पंखा सहयोग गरेको छ ।
संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले एक कार्यक्रमबीच स्वास्थ्य चौकीका कार्यालय प्रमुख नवराज ठाकुर तथा सहायक कर्मचारी प्रभात चन्द्र झालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण कार्यक्रम अध्यक्ष सरावगीको निवासमा सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी प्रकाश थारुलगायत स्थानीय भद्रभलादमी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर असहाय, विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको जनाएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।