धनुषा प्रहरीले खैरो हेरोइन र सर्टगनका तीन राउण्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मुकेश दासको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा सर्टगनका तीन राउण्ड गोली बरामद गरिएको थियो । त्यसपछि उनको शरीर खानतलासी गर्ने क्रममा उनले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट ०.११० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूऔषध र गोलीसहित मुकेश दासलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।