शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • ‘मधेशको कैलास’ टुटेश्वरनाथमा साउने पहिलो सोमबार भक्तजनको घुइँचो
‘मधेशको कैलास’ टुटेश्वरनाथमा साउने पहिलो सोमबार भक्तजनको घुइँचो
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, साउन ४, २०८३
A1 Beakery Add A1 Beakery Add

साउने महिनाको पहिलो सोमबारका अवसरमा महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित चुरे पर्वतको काखमा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा सोमबार बिहानैदेखि श्रद्धालुभक्तहरूको उल्लेख्य भीड लागेको छ ।

‘मधेशको कैलास’ तथा ‘नेपालको बाबाधाम’का रूपमा परिचित यस पवित्र धार्मिकस्थलमा नेपालका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट आएका हजारौँ भक्तजनले भगवान् शिवको जलाभिषेक तथा पूजाआराधना गरिरहेका छन् । हिन्दू धर्मावलम्बीका लागि भगवान् शिवको अत्यन्त प्रिय महिना मानिने साउनमा प्रत्येक सोमबार विशेष धार्मिक महत्व रहने विश्वास छ । यही आस्थाका कारण प्रत्येक वर्ष आयोजना हुने साउने बोलबम मेलाले टुटेश्वरनाथलाई धार्मिक, सांस्कृतिक तथा पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्दै आएको छ ।

स्थानीय जनविश्वासअनुसार टुटेश्वरनाथको शिवलिङ्ग अत्यन्त प्राचीन छ। बुढापाकाका अनुसार यसको इतिहास त्रेतायुगका विदेहराज शिरध्वज जनकको शासनकालसँग जोडिएको छ । द्वापर युगमा वनवासका क्रममा पाण्डवहरूले यही स्थानमा भगवान् शिवको आशीर्वाद प्राप्त गरेको तथा अर्जुनले किरात रूपधारी भगवान् शिवको दर्शन यहीँ गरेको धार्मिक विश्वास पनि रहिआएको छ ।

पूर्वीय दर्शनका जानकार तथा बर्दिबास–५ चेरु निवासी ८० वर्षीय भोगेन्द्रराज पौडेलले टुटेश्वरनाथ धार्मिक आस्थाको केन्द्र मात्र नभई ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण स्थल रहेको बताउनुभयो। उहाँले यस स्थानसँग सम्बन्धित पौराणिक कथा, जनश्रुति र ऐतिहासिक महत्वबारे थप अध्ययन तथा व्यापक प्रचार–प्रसार गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

टुटेश्वरनाथमा साउन महिना, महाशिवरात्रि र बालाचतुर्दशीका अवसरमा विशेष मेला लाग्ने गर्दछ। टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अनुसार पछिल्ला पाँच वर्षदेखि साउन महिनाभर करिब २० लाख श्रद्धालुभक्तले दर्शन गर्ने गरेका छन् । यस वर्ष पनि भक्तजनको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ ।

मेलालाई व्यवस्थित बनाउन समितिले सरसफाइ, रङरोगन, सजावट तथा अस्थायी पसल सञ्चालनका लागि टहरा व्यवस्थापनलगायतका सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। समितिका अध्यक्ष राजाराम यादवले यस वर्ष मन्दिरप्रति सरकारी निकाय, जनप्रतिनिधि तथा सामाजिक सङ्घसंस्थाको चासो उल्लेखनीय रूपमा बढेको बताउनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो, मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापा, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले मेला तयारीको निरन्तर अनुगमन गरिरहेका छन् । सबै पक्षको सहयोगले यस वर्षको मेला अझ व्यवस्थित, सुरक्षित र भव्य हुने विश्वास व्यक्त गरिएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले साउने बोलबम मेलालाई लक्षित गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिनुभयो । श्रद्धालुको सुरक्षालाई प्राथमिकतामा राख्दै भीड व्यवस्थापन, ट्राफिक सञ्चालन तथा आकस्मिक उद्धारका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको उहाँले बताउनुभयो ।

टुटेश्वरनाथमा जल चढाउन भक्तजनले कमला, बागमती र रातु नदीबाट पवित्र जल ल्याएका छन् । यसैबीच, बर्दिबास–१ निवासी जीवनाथ पोखरेलले रातु नदीबाट जल भरेर उल्टो साइकल चलाउँदै टुटेश्वरनाथमा जल चढाउने विशेष अभियान सञ्चालन गर्नुभएको छ । उहाँका अनुसार यस अभियानको उद्देश्य टुटेश्वरनाथको धार्मिक महत्वलाई राष्ट्रियस्तरसम्म पुर्‍याउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन गर्नु हो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले चुरे क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रभावकारी प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटनमार्फत मधेश प्रदेशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

साउने बोलबम मेलाका अवसरमा विभिन्न सामाजिक सङ्घसंस्थाले श्रद्धालुभक्तका लागि निःशुल्क खानेपानी, प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा स्वयंसेवा सेवा सञ्चालन गरेका छन् । धार्मिक आस्था, सांस्कृतिक परम्परा र पर्यटन प्रवर्द्धनलाई एकैसाथ जोड्ने टुटेश्वरनाथ साउने बोलबम मेलाले यस वर्ष पनि हजारौँ श्रद्धालुभक्तलाई आकर्षित गरेको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १७:४०
#मधेश प्रदेश #बर्दिबास #महोत्तरी #नेपाल समाचार #हिन्दू धर्म #महाशिवरात्रि #शिव पूजा #संस्कृति #धार्मिक आस्था #धार्मिक पर्यटन #धार्मिक मेला #चुरे पर्वत #पर्यटन प्रवर्द्धन #श्रद्धालु #टुटेश्वरनाथ महादेव #साउने सोमबार #टुटेश्वरनाथ मन्दिर #नेपालको बाबाधाम #बालाचतुर्दशी #साउन महिना #बोलबम मेला #भगवान् शिव #जलाभिषेक #मधेशको कैलास #मन्दिर
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह बिहीबार, कात्तिक १२, २०८३
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम बिहीबार, कात्तिक १२, २०८३
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव बिहीबार, कात्तिक १२, २०८३
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव बिहीबार, कात्तिक १२, २०८३
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा बिहीबार, कात्तिक १२, २०८३
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP