समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दुई समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ ।
समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना र ‘तपाईं हाम्रो’ सहकारीका ९० जना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत रकम फिर्ता पाएका छन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकमबाट नै पीडित बचतकर्तालाई रकम फिर्ता गरिएको जनाएको छ ।
समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो । आगामी चरणमा बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिने जनाएको छ ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया प्रचलित कानुनी व्यवस्था अनुसार निरन्तर भइरहेको समितिले जनाएको छ ।