पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले सदनमा उठाएपछी उद्योग मन्त्रालयले गर्याे सिर्सिया नदी प्रदूषण गर्ने १० उद्योगलाई जनही १० लाख जरिवाना गरेकाे छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि सिर्सिया नदी प्रदूषणमा संलग्न १० उद्योग कारबाहीमा परेका हुन् । ती उद्योगलाई सरकारले प्रति उद्योग १० लाख रुपैयाँका दरले जरिवाना गरेको मन्त्रालयको सचिवालयले जनाएको छ । केहि दिन अगाडी सांसद पन्तले सदन मार्फत बारा, पर्सामा पर्ने विभिन्न उधाेगमा प्रदुर्शन गर्ने उधाेगहरूबारे अवगत गराएकाे थियाे ।
सदनमा उठाएकाे यस्ताे थियाे विषयः सांसद हरि पन्तले सिर्सिया नदी प्रदूषण बारे सरकारलाई गराए ध्यानाकर्षण
साेहि अधारमा उधाेग मन्त्रालयले छानविन गरी कार्वाहि प्रकृया अगाडि बढाएकाे हाे । यसरी कर्वाहिमा पर्नेमा जगदम्बा स्टिल, हुलास स्टिल इन्डस्ट्रिज, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति प्रालि, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स, अशोक स्टिल इन्डस्ट्रिजलगायत १० उद्योग रहेका छन् । औद्योगिक फोहोरका कारण सिर्सिया नदी विषाक्त बन्दै गएको भन्दै स्थानीयवासीले लामो समयदेखि गुनासो गर्दै आएका थिए । त्यसपछि मन्त्रालयले उद्योगहरूलाई वातावरणीय मापदण्ड पालना गर्न निर्देशन दिँदै सुधारका लागि समय दिएको थियो । यसैक्रममा वातावरण विभागको प्राविधिक टोलीसहितको अनुगमन समूहले बारा र पर्साका २१ उद्योगको स्थलगत निरीक्षण गरी उद्योगबाट निस्कने फोहोरपानीको नमुना संकलन गरेको थियो ।


प्रयोगशाला परीक्षणबाट १० उद्योगले सरकारले तोकेको वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती उद्योगलाई जनही १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारबाहीमा परेका उद्योगमध्ये मधेस प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने ६ उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ अनुसार थप कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।
मन्त्रालयका अनुसार सिर्सिया नदी आसपास रहेका अन्य उद्योगहरूको अनुगमन अझै जारी रहेको छ । वातावरण विभाग, उद्योग विभाग, प्रदेश सरकारअन्तर्गतका सम्बन्धित निकाय र स्थानीय तहको संयुक्त प्राविधिक टोलीमार्फत थप निरीक्षण गरी आवश्यक कारबाही अघि बढाइने जनाइएको छ ।
तोकिएको समयभित्र जरिवाना रकम नतिर्ने उद्योगलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ३५ अनुसार तेब्बर जरिवाना गरिने मन्त्रालयले चेतावनी दिएको छ । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौंदेखि प्रशोधन नगरिएको रसायनयुक्त फोहोर पानी नदीमा मिसिँदा सिर्सिया नदी अत्यधिक प्रदूषित बन्दै गएको छ। नदी प्रदूषणका कारण आसपासका बासिन्दाले दुर्गन्ध, स्वास्थ्य समस्या, खेतीपातीमा असर र पशुचौपायामा समेत समस्या भोग्दै आएका छन् ।
स्थानीयवासीले लामो समयदेखि उद्योगहरूले प्रशोधन नगरी फोहोर पानी नदीमा नहाल्न र प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गर्दै आएका छन् ।
सांसद हरि पन्तले सदनमा उठाएकाे थप विषय ः