शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • मधेश सरकारले साढे तीन करोड खर्चेर खरिद गरेका पाँच बस साढे चार वर्षदेखि अलपत्र
मधेश सरकारले साढे तीन करोड खर्चेर खरिद गरेका पाँच बस साढे चार वर्षदेखि अलपत्र
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, साउन ५, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेश प्रदेश सरकारले जनकपुरधामदेखि पश्चिममा पर्सा र पूर्वमा सप्तरीसम्म सञ्चालन गर्ने उद्देश्यले खरिद गरेका पाँचवटा बस साढे चार वर्षदेखि अलपत्र अवस्थामा छन् ।

प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइएको प्रदेश सरकार परिवहन सेवा सञ्चालन हुन नसक्दा साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च खेर जाने अवस्थामा पुगेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७६ फागुन ४ गते पाँचवटा बस खरिदका लागि ३ करोड ५० लाख रुपैयाँको ग्लोबल टेन्डर आह्वान गरेको थियो । टेन्डर प्रक्रियामा काठमाडौंस्थित सिप्रदी ट्रेडिङ प्रालिले मात्र बोलपत्र दर्ता गरेको थियो। कम्पनीले २०७७ कात्तिक २८ गते ३ करोड ३९ लाख ९० हजार रुपैयाँमा महिन्द्रा कम्पनीका ५२ सिट क्षमताका पाँचवटा बस प्रदेश सरकारलाई उपलब्ध गराएको थियो ।

बस खरिद भएपछि तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले पूजा गरी बसलाई मधेश भवन परिसरमा राख्न लगाएका थिए। उनले चालक भर्नाको तयारी गर्नसमेत निर्देशन दिएका थिए। तर, बस सञ्चालनका लागि आवश्यक कार्यविधि, कानुनी व्यवस्था, कर्मचारी संरचना, बजेट र सञ्चालन मोडेल तयार नहुँदा बसहरू वर्षौंसम्म मधेश भवन परिसरमै थन्किए ।

बस सञ्चालन कार्यविधि नबनेको भन्दै प्रदेश सरकारले ती बस आफैं सञ्चालन नगर्ने निर्णय गर्‍यो । त्यसपछि दुईवटा बस मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइयो। बाँकी तीनवटा बसमध्ये मधेश कृषि विश्वविद्यालय, कृषि निर्देशनालय र कृषि तालिम केन्द्रलाई एक–एकवटा हस्तान्तरण गरियो । तर, हस्तान्तरण गरिएका बससमेत नियमित रूपमा सञ्चालन हुन सकेका छैनन् । अधिकांश बस खुला आकाशमुनि थन्किएका छन् । लामो समयदेखि प्रयोगविहीन हुँदा बसको रंग उड्न थालेको छ भने टायरलगायतका पार्टपुर्जासमेत बिग्रिने अवस्थामा पुगेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको बस पनि प्रयोगविहीन अवस्थामा छ। प्रतिष्ठानले ठूला बस आवश्यक नभएको भन्दै बस फिर्ता लैजान मन्त्रालयलाई पत्राचारसमेत गरेको जनाएको छ । प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितले कलेजका लागि साना बस पर्याप्त हुने र ठूला बस सञ्चालन गर्दा इन्धन खर्च बढी लाग्ने बताएका छन् । त्यस्तै, मधेश कृषि विश्वविद्यालयले पनि बस ठूलो भएकाले सबै ठाउँमा सञ्चालन गर्न कठिन भएको जनाएको छ । विश्वविद्यालयले आवश्यकताअनुसार कहिलेकाहीँ मात्र बस प्रयोग गर्ने गरेको छ । कृषि तालिम केन्द्रले भने बजेट अभावका कारण बस नियमित सञ्चालन गर्न नसकिएको जनाएको छ । इन्धन र मर्मतसम्भारका लागि आवश्यक बजेट उपलब्ध नभएको कर्मचारीहरूको भनाइ छ ।

मन्त्रालयका केही कर्मचारीले बस सञ्चालन गर्दा सरकारलाई थप आर्थिक भार पर्ने सुझाव दिएका थिए। तर, उक्त सुझाव बेवास्ता गर्दै हतारमा बस खरिद गरिएको आरोप लागेको छ । बस खरिद प्रक्रियामा कमिसनको स्वार्थ रहेको दाबीसमेत गरिएको छ । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल पदमुक्त भएपछि रामसरोज यादव मन्त्री बने पनि बस सञ्चालनको योजना अघि बढ्न सकेन । तत्कालीन सचिव दीपक दासले समेत सरकारी बस सेवा सञ्चालन गर्दा आर्थिक भार बढ्ने सुझाव दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्ले बसहरू विभिन्न सरकारी निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

पूर्वमन्त्री रामसरोज यादवले सम्भाव्यता अध्ययन, लागत अनुमान र सञ्चालन योजना नबनाई बस खरिद गर्नु अपरिपक्व निर्णय भएको बताएका छन् । योजना नै तयार नगरी बजेट खर्च गर्दा प्रदेश सरकारको योजना असफल भएको उनको भनाइ छ । यता, पूर्वमन्त्री जितेन्द्र सोनलले भने आफूले अघि सारेको योजना पछिल्ला सरकारले कार्यान्वयन नगरेका कारण असफल भएको आरोप लगाएका छन् । निजी बस सेवा प्रभावकारी नभएको अवस्थामा सर्वसाधारणलाई सहुलियतपूर्ण यातायात सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको उनको दाबी छ ।

बस खरिद गर्नुअघि आवश्यक कार्यविधि तथा सञ्चालन योजना तयार नगरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । आयोगको बर्दिबास कार्यालयले उक्त विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १९:१७
#मधेश प्रदेश #अख्तियार दुरुपयोग अनुसन्धान आयोग #पर्सा #प्रदेश सरकार #सप्तरी #जनकपुरधाम #मधेश सरकार #मधेश कृषि विश्वविद्यालय #भौतिक पूर्वाधार विकास मन्त्रालय #सिप्रदी ट्रेडिङ #सार्वजनिक यातायात #मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान #रामसरोज यादव #भ्रष्टाचार आरोप #जितेन्द्र सोनल #सरकारी खर्च #मधेश समाचा #प्रदेश सरकार परिवहन सेवा #सरकारी बस #बस खरिद #बस अलपत्र #मधेश भवन #कृषि तालिम केन्द्र #योजना असफल
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह बिहीबार, कात्तिक १२, २०८३
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम बिहीबार, कात्तिक १२, २०८३
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव बिहीबार, कात्तिक १२, २०८३
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव बिहीबार, कात्तिक १२, २०८३
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा बिहीबार, कात्तिक १२, २०८३
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP