स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ थियो ।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र चाँदीको मूल्य ४ हजार ४८० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार भने सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ र चाँदी ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एक औंस सुन ४ हजार ४५ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।