काठमाडौं । भारतमा एक महिनादेखि जारी युवा आन्दोलनको दबाबपछि केन्द्र सरकार पहिलोपटक झुकेको छ । आन्दोलनकारीहरूको प्रमुख मागमध्ये एक पूरा गर्दै भारतका शिक्षामन्त्री धमेन्द्र प्रधानले राजीनामा दिएका छन् ।
बीबीसीका अनुसार कक्रोच जनता पार्टी तथा आन्दोलनरत युवाहरूले लामो समयदेखि शिक्षामन्त्रीको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका थिए । उनीहरूको मागअनुसार धमेन्द्र प्रधानले पदबाट राजीनामा दिएका हुन् ।
दिल्ली केन्द्रित आन्दोलन नीट (NEET) प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर सुरु भएको थियो। प्रश्नपत्र चुहावटको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा शिक्षामन्त्रीको राजीनामाको माग गर्दै विद्यार्थीहरू निरन्तर आन्दोलनमा उत्रिएका थिए ।
शिक्षामन्त्रीको राजीनामासँगै आन्दोलनको आगामी स्वरूप र सरकारका थप कदमलाई चासोका साथ हेरिएको छ ।