सर्लाहीको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको नेपाली ७ लाख ५७ हजार रुपैयाँ नगद र मोटरसाइकलसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सीमा सुरक्षा गुल्म हेडक्वार्टर मलंगवा, सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले साउन १० गते मलंगवा नगरपालिका–८ स्थित सीमावर्ती क्षेत्रबाट ती व्यक्तिलाई पक्राउ गरेको हो ।
नियमित चेकजाँचका क्रममा फेला परेको नगद रकमको वैधानिक स्रोत र आवश्यक कागजात पेश गर्न नसकेपछि प्रहरीले रकमसहित ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।