नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद बढ्दै गएपछि सभापति थापाले आइतबार तय भएको भारत भ्रमण स्थगित गरेका हुन् । थापा भारतको राजधानी नयाँदिल्लीस्थित नेपाली कांग्रेसको जनसम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्न जाने कार्यक्रम तय भएको थियो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भ्रमण आन्तरिक कारणले अन्तिम समयमा स्थगित भएको जानकारी दिए ।
पछिल्लो समय कांग्रेसभित्र आगामी महाधिवेशन र नयाँ पार्टी गठनको विषयलाई लिएर आन्तरिक मतभेद बढ्दै गएको छ । सभापति थापा पक्ष र पूर्णबहादुर खड्का नेतृत्वको इतर पक्षबीचको शक्ति संघर्ष तीव्र बनेको छ ।
दुवै पक्षले संगठनभित्र आफ्नो प्रभाव विस्तार गर्न र आगामी राजनीतिक रणनीति बलियो बनाउन दबाब बढाउने प्रयास गरिरहेका छन्।