शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • लालपुर्जाबाट मोही गायब पारेर जग्गा पास, भोलिपल्टै निकालियो सवा करोड ऋण
लालपुर्जाबाट मोही गायब पारेर जग्गा पास, भोलिपल्टै निकालियो सवा करोड ऋण
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, साउन १२, २०८३
A1 Beakery Add A1 Beakery Add

भूमि प्रशासन कार्यालय विराटनगरका कर्मचारी, बैंक र बिचौलियाको मिलेमतोमा मोही कायम रहेको जग्गाको अभिलेख हेरफेर गरी बिक्री गरिएको र त्यही जग्गा धितो राखेर करोडौँ रुपैयाँ ऋण प्रवाह भएको घटना सार्वजनिक भएको छ ।

मोहीको नाम हटाएर नामसारी गरिएको जग्गामा २४ घण्टा नबित्दै रु. १ करोड ३० लाख ऋण स्वीकृत भएपछि भूमि प्रशासन कार्यालय (साबिक मालपोत कार्यालय), बैंक र बिचौलियाको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।

जहदा गाउँपालिका–५ (साविक मझारे–३) स्थित कित्ता नम्बर ८० को ४ हजार २८० वर्गमिटर अर्थात् १२ कट्ठा १५ धुर जग्गामा अजबलाल केवट (दास) मोहीका रूपमा कायम थिए । जग्गाधनी रोमीदेवी चौधरीको लालपुर्जामा समेत मोही महलमा केवटको नाम स्पष्ट रूपमा उल्लेख थियो ।

तर उक्त जग्गा विराटनगरस्थित सन सप्लायर्सका सञ्चालक सचिन साह हलुवाईको नाममा नामसारी गर्दा मोहीको विवरण हटाइएको पाइएको छ । असार ३० गते भूमि प्रशासन कार्यालय विराटनगरबाट जग्गा नामसारी भएको भोलिपल्टै असार ३१ गते सिटिजन्स बैंक विराटनगर शाखाले सोही जग्गालाई धितो राखेर रु. १ करोड ३० लाख ऋण प्रवाह गरेको देखिएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कानुनी प्रक्रिया मिचिएको आशंका

भूमि व्यवस्थापनसम्बन्धी कानुनअनुसार मोही कायम रहेको जग्गामा मोहीको हक सुरक्षित नगरी वा कानुनी प्रक्रिया पूरा नगरी बिक्री तथा धितो राख्न पाइँदैन ।

तर यस घटनामा मोही अजबलाल केवटलाई जानकारी नै नदिई उनको नाम लगतबाट हटाएर रोमीदेवी चौधरीको नाममा रहेको जग्गा सन सप्लायर्सका सञ्चालक सचिन साह हलुवाईको नाममा राजीनामा पारित गरिएको आरोप लागेको छ ।

स्रोतका अनुसार बैंकले १ करोड ३० लाख रुपैयाँ मूल्याङ्कन गरेको उक्त जग्गाको वास्तविक बजार मूल्य भने करिब ३० देखि ३२ लाख रुपैयाँ मात्रै रहेको दाबी गरिएको छ । भूमि प्रशासन कार्यालयको अभिलेखमा भने जग्गाको किनबेच मूल्य रु. ४३ लाख ६५ हजार ६०० कायम गरिएको देखिन्छ ।

अभिलेखमा हतारहतार सच्याइएको आरोप

मोहीको नाम हटाइएको विषयमा प्रश्न उठेपछि भूमि प्रशासन कार्यालय विराटनगरले आफ्नो अभिलेख सच्याएको पाइएको छ । कार्यालयको स्रेस्तामा रहेको मोही विवरण महलमा पछि डटपेन प्रयोग गरी ‘अजबलाल केवट’ थपिएको देखिएको छ।

तर बैंकमा धितो राख्दा पेश गरिएको लालपुर्जामा भने मोहीको नाम उल्लेख छैन । घटनाबारे चासो बढेपछि मात्रै मुद्रित अभिलेख र डिजिटल विवरण सच्याइएको स्रोतको दाबी छ ।

भूमि प्रशासन कार्यालय विराटनगरका अधिकृत ढाकाप्रसाद बरालले भने प्राविधिक समस्याका कारण कमजोरी भएको दाबी गरेका छन्। उनले सामान्य त्रुटि देखिएपछि सच्याइएको बताएका छन् । तर जग्गा पास गर्नुअघि अनिवार्य रूपमा भरिने अनलाइन फाराम ‘अनुसूची–१४’ मा समेत मोहीको नाम उल्लेख नभएकाले विवरण नियतवश हटाइएको हुनसक्ने आशंका गरिएको छ ।

बिचौलियामार्फत ऋण प्रक्रिया मिलाइएको आरोप

सन सप्लायर्सका सञ्चालक सचिन साह हलुवाईले बैंकबाट रु. १ करोड ३० लाख ‘पर्चेजिङ लोन’ लिएको स्वीकार गरेका छन् । उनले जग्गा पास भएको भोलिपल्टै ऋण लिएको पनि बताएका छन् ।

उनका अनुसार ऋण व्यवस्थापनको काम रंगेलीका अजय मण्डलले गरेका थिए। स्रोतका अनुसार भूमि प्रशासन कार्यालयबाट मोहीको नाम हटाउनेदेखि बैंकबाट ऋण स्वीकृत गराउनेसम्मको प्रक्रिया मण्डलले मिलाएको आरोप छ ।

यता, जग्गा बिक्री गर्ने रोमीदेवी चौधरीको परिवारले भने १ करोड ३० लाख रुपैयाँ प्राप्त नगरेको स्रोतको दाबी छ । उनीहरूले जग्गा बिक्रीबापत करिब ३० लाख रुपैयाँ मात्रै पाएको बताइएको छ । 

पुराना धितोदाताले दिए प्रहरीमा उजुरी

मोहीको विवरण लुकाएर गरिएको कारोबार गैरकानुनी र दण्डनीय हुने भए पनि सोही जग्गाका पुराना धितोदाता राजेन्द्रप्रसाद केवट अहिले समस्यामा परेका छन् ।

रोमीदेवी चौधरीको नामबाट सन सप्लायर्सको नाममा जग्गा पास भई १ करोड ३० लाख ऋणसमेत निकालिएको जानकारी पाएपछि उनले प्रहरी चौकी मझारेमा उजुरी दिएका छन् । उनले आफूलाई जानकारी नै नदिई धितो राखिएको जग्गा तेस्रो पक्षलाई बिक्री गरिएको भन्दै सम्बन्धित पक्षमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

उनको निवेदनमा भनिएको छ, “रोमीदेवी चौधरीलाई धितो नामसारी गरी दिएको जग्गा मलाई जानकारी नै नगराई तेस्रो पक्ष विराटनगर महानगरपालिका–१२ स्थित सन सप्लायर्सको नाममा पास गरिएको छ । उक्त जग्गामा मेरा ठूलोबुबा अजबलाल केवट (दास)को मोहीसमेत भएकाले सम्बन्धित पक्षलाई झिकाई आवश्यक कानुनी कारबाही गरिपाऊँ ।”

राजेन्द्रप्रसाद केवटका अनुसार उनले २०७९ असोज ९ गते रु. १३ लाख ऋणको धितोका रूपमा उक्त जग्गा रोमीदेवी चौधरीलाई पास गरिदिएका थिए ।

उनले भने, “जग्गा अर्कैलाई बेचेको थाहा थिएन। अहिले मिलाएर जग्गा फिर्ता गरिदिन्छु भनेका छन् ।”

 

भिडियाे सामाग्री

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १२:०९
#नेपाल समाचार #विराटनगर #भ्रष्टाचार अनुसन्धान #सिटिजन्स बैंक #मालपोत कार्यालय #जग्गा घोटाला #भूमि प्रशासन कार्यालय #खोज पत्रकारिता #जग्गा कीर्ते #मोही विवाद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह बिहीबार, कात्तिक १२, २०८३
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम बिहीबार, कात्तिक १२, २०८३
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव बिहीबार, कात्तिक १२, २०८३
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव बिहीबार, कात्तिक १२, २०८३
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा बिहीबार, कात्तिक १२, २०८३
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP