देशभर पछिल्लो २४ घण्टामा विपद्जन्य ४२ घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परी तीन जनाको मृत्यु भएको हो । यस अवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका सात, भारी वर्षाका छ, जनावर आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक घटना भएका छन् ।
विपद्का घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन् । प्राधिकरणका अनुसार सर्पदंशबाट १२ जना, पहिरोबाट चार जना, आगलागीबाट दुई जना, भारी वर्षाबाट एक जना र जनावरको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
विपद्जन्य घटनाबाट करिब १ करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्राधिकरणका अनुसार देशभरका नौ वटा सडक खण्ड अझै अवरुद्ध छन् । त्यस्तै, विभिन्न विपद्का घटनाबाट २२ वटा चौपायामा समेत क्षति पुगेको छ ।