राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबार पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा जारी छ ।
चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो दोस्रो बैठक हो ।
बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन, विभिन्न पदमा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालनका विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ ।
यसका साथै देशको समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा विस्तृत छलफल भइरहेको छ ।
बैठकको प्रारम्भमा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनबाट प्राप्त सन्देश, आगामी कार्यदिशा तथा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।
बैठक सुरु हुनुअघि सपथ ग्रहण गर्न बाँकी रहेका केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सभापति लामिछानेले पद तथा गोपनीयताको सपथ गराएका थिए ।