राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।
बिहीबार भएको भेटका क्रममा सभामुख अर्यालले राष्ट्रपति पौडेललाई मुलुकको वर्तमान राजनीतिक अवस्था, प्रतिनिधिसभाको आगामी कार्यसूची तथा संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक १४ दिनपछि बिहीबार बस्नुअघि सभामुख अर्याल छलफलका लागि शीतलनिवास पुगेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रम र संसद्को आगामी कार्यसूचीबारे दुवैबीच छलफल भएको बताइएको छ ।
यसअघि बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग छुट्टै भेटवार्ता गरेका थिए । पछिल्ला दिनमा राष्ट्रपति पौडेलले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।