सिरहा । सिरहाको गोलबजारमा गोली लागेर एक स्थानीय युवकको मृत्यु भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
बिहीबार दिउँसो गोलबजार क्षेत्रमा भएको घटनामा करिब २० वर्षीय स्थानीय गणेश यादवको मृत्यु भएपछि घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा समिति गठन गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
समितिमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार समितिले घटनास्थलको निरीक्षण, आवश्यक प्रमाण संकलन, प्रत्यक्षदर्शी तथा सम्बन्धित पक्षसँग सोधपुछ गरी घटनाको विस्तृत अनुसन्धान गर्नेछ। अनुसन्धान सम्पन्न भएपछि समितिले प्रतिवेदन पेश गर्ने जनाएको छ ।
उक्त घटनामा बिहीबार करिब २० वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)