गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ ।
विशेष गरी संवेदनशील क्षेत्रहरूमा ड्रोनमार्फत अनुगमनलाई तीव्र बनाइएको सुरक्षा निकायले जनाएको छ । सुरक्षा निकायका अनुसार सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, अफवाह फैलाउने वा कानुनविपरीतका गतिविधिमा संलग्न जो–कोहीलाई प्रमाणका आधारमा कानुनी कारबाही गरिनेछ ।
स्थानीय प्रशासनले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न नागरिकसँग सहयोगको अपिल गर्दै कुनै पनि भ्रामक सूचना, अफवाह वा उक्साहटमा नलाग्न आग्रह गरेको छ ।