1) कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सो कार्यालयले नियमित कोटाको डिएपी र युरिया मलको वितरण सुरु गरेको हो ।
2) सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।
3) पर्साको धोबिनी गाउँपालिका वडा नं। १, घोडदौरामा नयाँ कदम नेपालको अध्यक्षता तथा आदशक्ति सहकारी संस्थाको सहकार्यमा विभिन्न प्रजातिका एक हजार बिरुवा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
4) पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा लुकेर बसेका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साका अनुसार पक्राउ परेकाहरू जिल्ला अदालतबाट सजाए पाएका अभियुक्तहरू हुन् ।
5) सिराहामा ९१ किलो गाँजा सहित एकजना मानिस पक्राउ परेका छन् । घटनमा संलग्न अन्य ४ जना फरार भएका छन् ।
6) नगर अस्पताल लालबन्दीमा शनिबारदेखि मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा शुभारम्भ गरिएको छ । लालबन्दी नगरपालिका, नगर अस्पताल र नेपाल हृदय रोग प्रतिष्ठान सर्लाही शाखाको समन्वयमा मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा सुरु गरिएको हो ।
7) मधेश प्रदेश सरकारले बर्सेनि बजेटको आकार बढाउँदै गौरवका आयोजना अघि सारे पनि बजेट कार्यान्वयनमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।
8) बाँध भत्काएर लखन्देहीखोलाको बाढी पस्दा सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकामा भर्खरै रोपिएको करिब एक हजार पाँच सय बिघाको धानबाली डुबानमा परेको छ ।
9) मधेशकेन्द्रित, पहिचानवादी तथा प्रगतिशील राजनीतिक शक्तिहरूलाई एकै मोर्चामा संगठित गर्ने उद्देश्यसहित आठ राजनीतिक दलले शनिबार संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।
10) नेपाल सरकारले सरकारी कार्यालय सञ्चालनको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरे पनि पर्साका अधिकांश सरकारी कार्यालयमा तोकिएको समय प्रभावकारी रूपमा पालना नभएको गुनासो बढेको छ ।