शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #उपेन्द्र प्रसाद यादव
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरणले नाफाको बाटोमा डिडिसी
अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरणले नाफाको बाटोमा डिडिसी
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, साउन २६, २०८३
A1 Beakery Add A1 Beakery Add

स्पष्ट नीति, अनावश्यक खर्च नियन्त्रण र प्रभावकारी व्यवस्थापन गर्न सके वर्षौंदेखि घाटामा रहेको संस्थान पनि छोटो समयमै नाफामा जान सक्छ भन्ने उदाहरणका रूपमा दुग्ध विकास संस्थान (डिडिसी) देखिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमार्फत डिडिसीसम्बन्धी तथ्यांक सार्वजनिक गरेपछि संस्थान कसरी नाफामा जान सफल भयो भन्ने विषयमा चासो बढेको छ ।

डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार हाल संस्थानले ४४ जिल्लाका विभिन्न सङ्कलन केन्द्रबाट दैनिक करिब ६१ हजार लिटर दूध सङ्कलन गरिरहेको छ भने दैनिक करिब ८० हजार लिटर दूध बिक्री गरिरहेको छ । बिक्री भइरहेको दूधमध्ये करिब १९ हजार लिटर विगतमा मौज्दात रहेको दूध प्रयोग भइरहेको छ ।

डा. पाण्डेका अनुसार गत वैशाख १८ गते नयाँ व्यवस्थापन आउँदा डिडिसीसँग ६०० टन पाउडर दूध र ४५० टन बटर मौज्दात थियो । हाल पाउडर दूधको मौज्दात १४० टन र बटर १३५ टनमा झरेको छ । “मौज्दात रहेको दूध र बटरको खपत बढाउँदा बिक्री बढेको हो,” उनले भने ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

डिडिसीले किसानबाट चार प्रतिशत फ्याट भएको दूध खरिद गरी प्रशोधनपछि दुई प्रकारका दूध बजारमा बिक्री गर्दै आएको छ । तीन प्रतिशत फ्याट भएको दूध प्रतिलिटर १०० रुपैयाँ र पाँच प्रतिशत फ्याट भएको दूध प्रतिलिटर १३० रुपैयाँमा बिक्री भइरहेको छ ।

हाल दैनिक बिक्री हुने दूधमध्ये तीन प्रतिशत फ्याट भएको दूधको हिस्सा करिब ७३ हजार लिटर र पाँच प्रतिशत फ्याट भएको दूधको हिस्सा करिब ७ हजार लिटर रहेको डिडिसीले जनाएको छ ।

दूध बिक्रीबाट दैनिक करिब ९ लाख नाफा

डिडिसीले किसानबाट प्रतिलिटर ६६ रुपैयाँमा दूध खरिद गर्ने गरेको छ । ढुवानी, सहकारी व्यवस्थापनलगायत खर्च जोड्दा प्रारम्भिक लागत करिब ७० रुपैयाँ पुग्ने भए पनि अतिरिक्त फ्याटबाट बटर तथा घिउ उत्पादन हुने भएकाले वास्तविक लागत करिब ६४ रुपैयाँ पर्ने डिडिसीको भनाइ छ ।

प्रशोधन, प्याकेजिङ, चिस्यान, ढुवानी, कर्मचारी तथा मेसिन सञ्चालन खर्च जोड्दा तीन प्रतिशत फ्याट भएको दूधको उत्पादन लागत करिब ८२ रुपैयाँ पुग्छ । डिडिसीले उक्त दूध डिलरलाई प्रतिलिटर ९२ रुपैयाँमा बिक्री गर्दै आएको छ । यस हिसाबले तीन प्रतिशत फ्याट भएको दूधबाट मात्रै दैनिक करिब ७ लाख ३० हजार रुपैयाँ नाफा हुने डिडिसीको दाबी छ ।

त्यस्तै पाँच प्रतिशत फ्याट भएको दूधमा प्रतिलिटर करिब २३ रुपैयाँसम्म मार्जिन रहने र दैनिक करिब १ लाख ६१ हजार रुपैयाँ नाफा हुने जनाइएको छ । यसरी दूध बिक्रीबाट मात्र डिडिसीले दैनिक करिब ८ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरिरहेको जनाएको छ । बटर, घिउ, दही, आइसक्रिम, मोहीलगायत अन्य दुग्धजन्य पदार्थको बिक्रीबाट हुने आम्दानी भने यसमा समावेश छैन ।

किसानको बक्यौता ७२ करोडबाट दुई–तीन महिनामा सीमित

डिडिसीका अनुसार नयाँ व्यवस्थापन आएपछि किसानको बक्यौता भुक्तानीमा समेत सुधार भएको छ ।

व्यवस्थापन परिवर्तन हुँदा किसानको आठ महिनाको करिब ७२ करोड रुपैयाँ बक्यौता रहेकोमा अहिले उक्त अवधि घटेर दुईदेखि तीन महिनामा सीमित भएको छ । यस अवधिमा डिडिसीले किसानलाई ६० करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । उक्त रकम सरकारबाट प्राप्त अनुदानबिना संस्थानकै आम्दानीबाट भुक्तानी गरिएको दाबी गरिएको छ ।

डिडिसीले किसानको भुक्तानी अवधि एक महिनामा झार्ने लक्ष्य राखेको छ । अनावश्यक खर्च कटौती, कर्मचारी सुविधामा कमी, बिक्री वृद्धि र व्यवस्थापन सुधारका कारण आम्दानी बढेको संस्थानको भनाइ छ । यस अवधिमा डिडिसीले करिब तीन करोड रुपैयाँ ऋणसमेत तिरेको जनाएको छ ।

बिक्री आम्दानी दैनिक ९० लाख पुग्यो

डिडिसीका अनुसार असार मसान्तसम्म दैनिक करिब ६०–६२ हजार लिटर दूध बिक्री हुँदै आएकोमा साउनको पहिलो सातादेखि औसत बिक्री बढेर ८० हजार लिटर पुगेको छ ।

यसबाट दैनिक बिक्री आम्दानी करिब ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको डिडिसीले जनाएको छ । संस्थानले थप आम्दानीबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग भइरहेको बताएको छ ।

हाल डिडिसीको कुल बिक्रीमा दूधको हिस्सा करिब ८५ प्रतिशत र अन्य दुग्धजन्य पदार्थको हिस्सा १५ प्रतिशत रहेको छ । पछिल्लो समय बटर, पाउडर दूध, घिउलगायत उत्पादनको बिक्री बढाउँदा संस्थानको आम्दानीमा सुधार आएको डिडिसीको भनाइ छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १६:२०
#बालेन शाह #नेपाल समाचार #नेपाल कृषि #दुग्ध विकास संस्थान #आर्थिक समाचार #दुग्ध उद्योग #दुग्ध उत्पादन #दूध बिक्री #डिडिसी #शरणकुमार पाण्डे #किसान बक्यौता #सरकारी संस्थान #व्यवस्थापन सुधार #डिडिसी नाफा #किसान भुक्तानी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
दसैँ नजिकिँदा चीनमै रोकिए चाडपर्वका सामान
दसैँ नजिकिँदा चीनमै रोकिए चाडपर्वका सामान बुधबार, असोज १४, २०८३
सुन र चाँदी दुवैको भाउ बढ्यो
सुन र चाँदी दुवैको भाउ बढ्यो बुधबार, असोज १४, २०८३
सुनको भाउमा ठूलो गिरावट, दुई दिनमा ८ हजार ८ सय घट्यो
सुनको भाउमा ठूलो गिरावट, दुई दिनमा ८ हजार ८ सय घट्यो मंगलबार, असोज १३, २०८३
सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असोज १२, २०८३
हावाहुरी र वर्षाले विष्णुपुरका किसानको दुई बिघा उखुबारीमा क्षति
हावाहुरी र वर्षाले विष्णुपुरका किसानको दुई बिघा उखुबारीमा क्षति आइतबार, असोज ११, २०८३
सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो
सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो शुक्रबार, असोज ९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो वीरगंज सिटी
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा वीरगंज सिटी
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित वीरगंज सिटी
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ?
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल वीरगंज सिटी
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP