साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन् ।
समर्थक र प्रहरीको स्कर्टिङबीच देउवा विमानस्थलबाट बाहिरिएका हुन् । विमानस्थलको गेटबाट बाहिरिएपछि उनले स्वागतका लागि पुगेका समर्थकलाई गाडीको सनरुफबाट निस्किएर अभिवादन गरेका थिए ।
देउवा सनरुफबाट निस्किएर समर्थकलाई अभिवादन गर्दा पानी परिरहेको थियो । वर्षाका बाबजुद उनको स्वागतका लागि विमानस्थल परिसरमा कांग्रेसका नेता तथा कार्यकर्तासहित ठूलो संख्यामा समर्थक भेला भएका थिए ।
कांग्रेसका नेता तथा कार्यकर्ताले देउवालाई विमानस्थलदेखि धुम्बाराहीस्थित उनको निवाससम्म स्कर्टिङ गरेका छन् ।