परवानीपुरस्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १० लाख ९४ हजार १६१ रुपैयाँ सहयोग गरेको छ ।
अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीबाट संकलित रकम र महावीरप्रसाद–बृजलाल केडिया सेवा ट्रस्टबाट प्राप्त २ लाख रुपैयाँ गरी कुल १० लाख ९४ हजार १६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको अस्पतालले जनाएको छ । यसअघि पनि रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले नेपाल नेत्रज्योति संघमार्फत प्रधानमन्त्री राहत कोषमा ७ लाख रुपैयाँ सहयोग गरिसकेको थियो ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पताल परिवारले उक्त सहयोग गरेको जनाएको छ ।