नसरी–४ का सांसद दीपककुमार साहलाई नयाँ उद्योगमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन शाहले साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी सम्हाल्न साहलाई सिफारिस गरिएको हो। उनको नाम राष्ट्रपति कार्यालयमा पठाइएको बताइएको छ।
साह निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मा प्रवेश गरेका थिए। यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए। जनमत पार्टीबाट निष्काशित भएपछि उनले आफ्नै दलसमेत गठन गरेका थिए।
हाल साह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहेका छन्। मन्त्रिपरिषद्को बैठक जारी रहँदा उनी प्रधानमन्त्री कार्यालयको एक कोठामा बसेका छन्।