शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेशबाटै बालेन सरकारविरुद्ध आन्दोलन उठ्न सक्ने प्रचण्डको चेतावनी
मधेशबाटै बालेन सरकारविरुद्ध आन्दोलन उठ्न सक्ने प्रचण्डको चेतावनी
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, भदौ २७, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मधेश र मधेशी जनतामाथि सबैभन्दा बढी प्रहार गरेको आरोप लगाएका छन् ।

सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने क्रममा शुक्रबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले मधेशका जनताले ठूलो आशा र अपेक्षा गरेको शक्तिलाई सरकारमा ल्याए पनि मधेशी जनताले झन् पीडा भोग्नुपरेको दाबी गरे । उनले सीमापारिबाट सामान ल्याउँदा कर लगाउनेदेखि आफ्नो भूमि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सीमामा खडा हुने मधेशी जनतालाई समेत सरकारले अपमान गरेको आरोप लगाए ।

‘राष्ट्रिय स्वाधीनताको रक्षा बोर्डरमा बसेर मधेशी जनताले गरे पनि भारतले नेपालको भूमि मिचेको विषयलाई लिएर मधेश र मधेशीमाथि नै प्रहार गर्ने काम भएको छ,’ प्रचण्डले भने । मधेशमा आएर कुनै पहाडीले यहाँको सीमामा जग्गा अतिक्रमण नगरेको र रक्षा पनि नगरेको उल्लेख गर्दै उनले मधेशी जनताले आफ्नै भूमि आफैं जोगाउँदै आएको बताए। नयाँ सरकार गठन भएको करिब ६ महिनामै जनताले सरकारका कामकारबाहीबारे धेरै कुरा महसुस गर्न थालेको उनको दाबी थियो ।

स्थापित राजनीतिक दललाई गलत भाष्य निर्माण गरी बदनाम गरेर बाहिर राख्दा त्यसको परिणाम के हुँदो रहेछ भन्ने जनताले बुझ्न थालेको प्रचण्डले बताए । नयाँ सरकार बनेपछि सबैभन्दा पहिले गरिब, मजदुर र किसानमाथि प्रहार भएको आरोप लगाउँदै उनले सीमाबाट सामान ल्याउने नागरिकदेखि मधेशी जनताको भावनामाथि समेत सरकारले प्रहार गरेको बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रधानमन्त्री बालेन्द्र साहप्रति इंगित गर्दै प्रचण्डले मधेशी जनताले ‘मधेशी बच्चा भएकाले मधेशका लागि केही गर्छ’ भन्ने अपेक्षा गरे पनि व्यवहारमा त्यसको ठीक उल्टो भएको बताए।

‘मधेशी जनताले मधेशी बच्चा भएकाले मधेशका लागि केही गर्छ भन्ने लागेको थियो। तर सबैभन्दा बढी प्रहार मधेश र मधेशीमाथि नै भएको छ,’ उनले भने।

सरकारले ल्याएको बजेटले समेत मधेशप्रतिको विभेद पुष्टि गरेको प्रचण्डको आरोप थियो। सरकारको कार्यशैलीप्रति मधेशी जनता आजित भइसकेको भन्दै उनले अब उनीहरू चुप लागेर बस्ने अवस्थामा नरहेको दाबी गरे।

विगतमा आफू मधेशबाट निर्वाचन लडेको स्मरण गर्दै प्रचण्डले मधेशी जनताको मनोभाव आफूले नजिकबाट बुझेको बताए।

सिरहामा ३५ वटा विद्यालयका विद्यार्थी सहभागी विज्ञान प्रदर्शनीमा किशोर तथा युवामा देखिएको उत्साह र राजनीतिक चेतनाले आफूलाई मधेशबाटै सरकारविरुद्ध विद्रोह उठ्न सक्ने संकेत दिएको उनको भनाइ थियो।

‘मधेशी जनता चेतनशील र संघर्षशील जनता हुन्। गलत नीति र क्रियाकलापविरुद्ध उनीहरू फेरि उत्रिन सक्छन्,’ उनले भने।

जेन–जी पुस्ताका किशोर तथा युवासमेत सरकारको कार्यशैलीप्रति असन्तुष्ट भएर विद्रोहमा उत्रिरहेको प्रचण्डले दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले समेत सरकारको विरोध गर्न थालेको उल्लेख गर्दै उनले सरकारविरुद्धको आन्दोलन मधेशबाटै सुरु हुन सक्ने ठोकुवा गरे।

यसैबीच, भोटेकोशी नदीमा आएको बाढी तथा विपत्तिको उद्धारमा समेत सरकार असफल भएको प्रचण्डले आरोप लगाए। विपत्तिको सुरुवाती पाँच दिनमै विज्ञहरूको सहयोगमा गम्भीरतापूर्वक उद्धार अभियान सञ्चालन गरिएको भए धेरैको ज्यान जोगाउन सकिने उनको दाबी थियो।

१३औँ दिनसम्म पनि जीवित व्यक्ति फेला परेको उल्लेख गर्दै उनले उद्धार कार्यमा सरकार गम्भीर हुन नसकेको आरोप लगाए। भोटेकोशी प्रलयको कारण र समाधानबारे वैज्ञानिक अध्ययन भइरहेको बताउँदै उनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढिरहेको बताए।

विकसित मुलुकका कारण उत्पन्न जलवायु परिवर्तनको असर तल्लो तटीय क्षेत्रमा बढी परेको भन्दै उनले ‘क्लाइमेट जस्टिस’को विषयमा आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताए।

मधेशमा अहिले पहाडी क्षेत्रका जनताको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले विपत्तिका बेला एकअर्कालाई सहयोग गर्ने परम्परालाई निरन्तरता दिन आग्रह गरे।

‘पहाडमा पीडा हुँदा मधेशले सहयोग गरेको छ र मधेशमा पीडा हुँदा पहाडले सहयोग गरेको छ। यो परम्परा सकारात्मक छ,’ उनले भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहितका नेताहरूले जनकपुरधाम विमानस्थलमा स्वागत गरेका थिए। उनी बिहीबार सिरहामा र शुक्रबार महोत्तरीमा आयोजित पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए।

भिडियाे रिपाेर्ट

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १२:५७
#मधेश #पुष्पकमल दाहाल प्रचण्ड #राजनीति #जलवायु परिवर्तन #महोत्तरी #मधेश राजनीति #जनकपुरधाम #मधेश सरकार #सिरहा #नेकपा #जेनजी #नेपाली कम्युनिष्ट पार्टी #बालेन्द्र साह #भोटेकोशी बाढी #मधेशी जनता #क्लाइमेट जस्टिस
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह
दीपावली र छठअघि सिर्सिया नदी प्रदूषण नगर्न बाराको प्रशासनको आग्रह बिहीबार, कात्तिक १२, २०८३
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम
सप्तरीका सबै पालिकामा कांग्रेसको झण्डा फहराउने लक्ष्य छ : पूर्वमन्त्री मोहम्मद समिम बिहीबार, कात्तिक १२, २०८३
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव
विश्वासको मत लिन तयार छु, परिणाम स्वीकार्छु : मुख्यमन्त्री कृष्णप्रसाद यादव बिहीबार, कात्तिक १२, २०८३
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव
जनताका सुझाव समेटेर मधेशको विकासमा अघि बढ्छौँ : सांसद यादव बिहीबार, कात्तिक १२, २०८३
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा
नेपालबाट भारत लैजाँदै गरेका १० वटा गाईगोरु नियन्त्रणमा बिहीबार, कात्तिक १२, २०८३
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती
जनकपुरको देवानपोखरीबाट निकालिएको फोहोर बस्तीमै जलाउँदा स्थानीयलाई सास्ती बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP