नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो। शुक्रबार प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको सुन आज पुनः उकालो लागेको हो।
आज सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।