जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट एकै परिवारका तीन जना बालबालिका आइतबार बिहानदेखि सम्पर्कविहीन भएका छन् ।
भारत स्थायी घर भई हाल बकुलियामा बस्दै आएका मुकेश पासवानका ५, ७ र १० वर्षका तीन जना छोराछोरी बिहान करिब ५ बजेदेखि सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा १० वर्षीया छोरी काजल, ७ वर्षीया छोरी सुन्दरी र ५ वर्षीय छोरा धिरज रहेका छन् । उनीहरू बिहानै घरबाट निस्किएपछि दिउँसो ३ बजेसम्म परिवारको सम्पर्कमा नआएका हुन् ।
तीनै जना बालबालिका अचानक सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएको छ । बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार बालबालिकाको खोजी कार्य सुरु गरिएको छ ।
प्रहरीले बालबालिकाको तस्वीर र हुलियासहित जिल्लाका विभिन्न प्रहरी कार्यालयमा जानकारी गराएको छ । उनीहरूको खोजीका लागि जीतपुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
भिडियाे रिपाेर्ट