जनता समाजवादी पार्टी (जसपा) पर्साका जिल्ला अध्यक्ष तबरेज अहमद जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको प्रमुख आतिथ्य तथा क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अहमद कांग्रेसमा प्रवेश गरेका हुन्। कार्यक्रममा अहमदलाई कांग्रेसका नेताहरूले पार्टीमा स्वागत गरेका थिए।