बारा । जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट स्रोत नखुलेको १० लाख १७ हजार ५ सय नेपाली रुपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रुपैयाँ सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये भारत घर भएका ५० वर्षीय उजिर मिया सहित तीन जना रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.५ ख ६५४४ नम्बरको बसबाट उनीहरूलाई नगदसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।