काठमाडौँ । कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमालेसंगको एकताको च्याप्टर क्लोज भइनसकेको बताएका छन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले एमाले अध्यक्ष केपी ओलीले बोलाए आफु वार्ता गर्न जाने भन्दै एकताको च्याप्टर क्लोज भइनसकेको बताएका हुन् । एमाले केन्द्रीय कमिटीले निर्णय गरेर एकता गर्ने निर्णय गरे आफु एमालेमा जाने उनले बताए । त्यसका लागि सम्मानजनक जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।
उनले नेपालको कम्युनिष्ट पार्टीहरुलाई एकता गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने उल्लेख गरे । आफ्नो अभियानमा रहेका सदस्यहरुले एमालेमा समाहित हुन इच्छा देखाएकाले आफुले त्यहि अनुसार छलफलमात्रै गरेको उनले बताए । गौतमले केहि समयअघि माधव नेपालसंग पनि केहि छलफल भएको तर एकताका बारे भने कुनै निर्णय नभएको जानकारी दिए ।