शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • दशैं, तिहार र छठलाई लक्षित गर्दै रौतहटमा ८९७ प्रहरी परिचालन, चोरीदेखि लुटपाटसम्म नियन्त्रण गर्न विशेष सुरक्षा योजना
दशैं, तिहार र छठलाई लक्षित गर्दै रौतहटमा ८९७ प्रहरी परिचालन, चोरीदेखि लुटपाटसम्म नियन्त्रण गर्न विशेष सुरक्षा योजना
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक २२, २०८३
A1 Beakery Add A1 Beakery Add

रौतहट । चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, पाकेटमारी तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न रौतहट प्रहरीले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रहरीले ८९७ जना प्रहरी जनशक्ति परिचालन गर्ने विशेष सुरक्षा योजना अघि सारेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालका अनुसार चाडपर्वमा मानिसको आवागमन बढ्ने, आर्थिक कारोबार तीव्र हुने तथा बजार क्षेत्रमा भीडभाड बढ्ने भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष योजना बनाइएको हो। उक्त सुरक्षा योजनामा ट्राफिक प्रहरीसमेत परिचालन हुनेछन् ।

जिल्ला प्रहरी प्रवक्ता वसन्त गौतमका अनुसार सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नियमित गस्ती, मोबाइल गस्ती, पैदल गस्ती, सीसीटीभी क्यामेरा तथा ड्रोन प्रविधिको प्रयोग गरिनेछ। साथै, सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि गोप्य निगरानीसमेत बढाइनेछ ।

३४ स्थानमा प्रहरी पिकेट, २४ घण्टा निगरानी

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रहरीले जिल्लाका ३४ स्थानमा पिकेट स्थापना गरी सुरक्षा व्यवस्था मिलाउने भएको छ। त्यसैगरी, २० स्थानमा पैदल गस्ती र १४ वटा मोबाइल गस्ती परिचालन गरिनेछ ।

संवेदनशील क्षेत्रको निगरानीका लागि सीसीटीभी क्यामेरा र ड्रोन प्रविधिको समेत प्रयोग गरिने प्रहरीले जनाएको छ । मुख्य बजार, मेला, जात्रा, धार्मिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रलाई विशेष निगरानीमा राखिनेछ ।

सम्भावित अपराध तथा दुर्घटना हुन सक्ने जोखिमयुक्त स्थान पहिचान गरी नियमित र आकस्मिक गस्ती बढाउने प्रहरीको योजना छ ।

बैंक तथा सुनचाँदी पसलमा विशेष सुरक्षा

चाडपर्वको समयमा बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने स्थानमा चोरी तथा लुटपाटको जोखिम बढ्ने भएकाले त्यस्ता क्षेत्रलाई संवेदनशील सूचीमा राखिएको छ ।

चोरी, पाकेटमारी, ठगी तथा लुटपाटमा संलग्न हुन सक्ने व्यक्तिहरूमाथि निगरानी गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरिनेछ । अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियानलाई पनि सुरक्षा योजनामा समेटिएको छ ।

सीमावर्ती क्षेत्रमा तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

दशैं, तिहार र छठ मनाउन भारतबाट नेपाल फर्किने नेपाली नागरिकको सुरक्षालाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ । यसका लागि सीमावर्ती भारतीय प्रहरी इकाइसँग समन्वय गरी यात्रुलाई ठगी तथा लुटपाटबाट जोगाउने व्यवस्था मिलाइनेछ ।

जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । सीमावर्ती क्षेत्रमा पटाका तथा अन्य अवैध सामग्रीको ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिने प्रहरीले जनाएको छ ।

त्यसैगरी, बसपार्क तथा प्रमुख यातायात केन्द्रमा प्रहरीको उपस्थिति बढाएर सार्वजनिक सवारीसाधनमा हुने चोरी, ठगी तथा यात्रुमाथि हुने दुर्व्यवहार नियन्त्रण गरिनेछ ।

मापसे र लापरवाहीपूर्ण सवारी सञ्चालनमाथि कडाइ

चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीसहित जिल्लाका १० स्थानमा संयुक्त चेकजाँच सञ्चालन गरिनेछ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने चालकलाई नियन्त्रणमा लिन विशेष निगरानी गरिने प्रहरीले जनाएको छ ।

त्यस्तै, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, भ्रामक तथा उत्तेजनात्मक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढाउने भएको छ । यस्ता गतिविधिबाट सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा असर पर्न नदिन चौबीसै घण्टा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सहयोग गर्न प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय रौतहटले चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन नागरिक, व्यवसायी, यातायात व्यवसायी तथा सम्पूर्ण सरोकारवालासँग सहयोगको अपिल गरेको छ ।

प्रहरीले कुनै शंकास्पद गतिविधि, व्यक्ति वा आपराधिक घटना देखिए तत्काल प्रहरी कन्ट्रोल नम्बर १०० वा सञ्चार नम्बर ९८५५०९०३७४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

त्यस्तै, प्रहरी सूचना अधिकारीको नम्बर ९८५५०४०६०७ र जिल्ला प्रहरी कार्यालय प्रमुखको नम्बर ९८५५०३५५५५ मा समेत जानकारी गराउन सकिने जनाएको छ ।

चाडपर्वलाई भयमुक्त र सुरक्षित बनाउन प्रहरीले अघि सारेको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन हुनुका साथै नागरिकको सतर्कता र सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ०८:००
#छठ पर्व #चोरी नियन्त्रण #जिल्ला प्रहरी कार्यालय रौतहट #दशैं सुरक्षा #चाडपर्व सुरक्षा योजना #प्रहरी परिचालन #पाकेटमारी #तहट #तिहार सुरक्षा #८९७ प्रहरी #लुटपाट नियन्त्रण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मालपोत कार्यालय राजविराजको अतिक्रमित संरचना हटाइयो, फुटपाथ खाली गराउने अभियान पनि तीव्र
मालपोत कार्यालय राजविराजको अतिक्रमित संरचना हटाइयो, फुटपाथ खाली गराउने अभियान पनि तीव्र आइतबार, मंसिर ६, २०८३
बारामा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट युवकको ज्यान गयो
बारामा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट युवकको ज्यान गयो आइतबार, मंसिर ६, २०८३
मुख्यमन्त्री यादवको पहिलो निर्णय : मधेशभर एकीकृत रोजगार कार्यक्रम लागू हुने
मुख्यमन्त्री यादवको पहिलो निर्णय : मधेशभर एकीकृत रोजगार कार्यक्रम लागू हुने आइतबार, मंसिर ६, २०८३
सप्तरीमा जंगली हात्तीको आतंक : ड्रोनबाट निगरानी, जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सप्तरीमा जंगली हात्तीको आतंक : ड्रोनबाट निगरानी, जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, मंसिर ६, २०८३
धनुषामा हतियार बोकेर हिँडिरहेकी महिला पक्राउ, कटुवा पेस्तोल र गोली बरामद
धनुषामा हतियार बोकेर हिँडिरहेकी महिला पक्राउ, कटुवा पेस्तोल र गोली बरामद आइतबार, मंसिर ६, २०८३
ट्र्याक्टरमा लुकाएर लैजाँदै गरेको ७२ किलो गाँजासहित चालक पक्राउ
ट्र्याक्टरमा लुकाएर लैजाँदै गरेको ७२ किलो गाँजासहित चालक पक्राउ आइतबार, मंसिर ६, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य
खाद्य व्यवस्था कम्पनीले ढिलो गरी धान खरिद सुरु गर्दा किसान मारमा, सस्तोमा बेच्न बाध्य वीरगंज सिटी
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ
कन्टेनरमा फल्स बटम बनाएर गाँजा तस्करी, दुई भारतीय पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा
सात वनदेवी स्थलमा ऐतिहासिक धार्मिक मेला लाग्दै, तयारी अन्तिम चरणमा वीरगंज सिटी
पर्सा मिलन केन्द्रकाे २५औँ वार्षिकउत्सव समारोह सम्पन्न,  विभिन्न सात विधाका व्यक्तित्व सम्मानित
पर्सा मिलन केन्द्रकाे २५औँ वार्षिकउत्सव समारोह सम्पन्न, विभिन्न सात विधाका व्यक्तित्व सम्मानित वीरगंज सिटी
वीरगंजमा शिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती मनाइँदै
वीरगंजमा शिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती मनाइँदै वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP