धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २–००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा मिथिलाबिहारी नगरपालिका–९ कटरेज टोल निवासी २६ वर्षीय प्रशान्तकुमार यादव गम्भीर घाइते भएका थिए ।
घाइते यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।