बाराको निजगढ नगरपालिका–११ रतनपुरमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा कोल्हबी नगरपालिका–७ दोधर्पाका २४ वर्षीय राहुल सहनी रहेका छन् ।
प्रहरीका अनुसार रतनपुरबाट कोल्हबी आउँदै गरेको म.प्र.०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार राहुल घाइते भएका थिए ।
छातीमा चोट लागेका उनलाई सुरुमा निजगढस्थित सामुदायिक अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पताल पुर्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय जंगी सहनी पनि घाइते भएका छन् । सामान्य घाइते भएका उनलाई इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।