लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्चस्तरमा पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको हो । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये २८ वटा ढोका अहिले खोलिएका छन् ।
ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार कन्ट्रोल रुमले रातो बत्ती बालिएको जनाएको छ । एसपी थापाका अनुसार हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।
तर, केही दिनदेखि परेको अविरल वर्षाका कारण जलसतह थप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

भिडियाे सामाग्री