रौतहट । गढिमाइ नगरपालिकाले हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनको असर न्यूनीकरणका उद्देश्यसहित वृक्षरोपण अभियान सुरु गरेको छ । आइतबारदेखि थालिएको अभियानको शुभारम्भ गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले नगरभरिमा ४६ हजार बिरुवा रोप्ने योजना रहेको जानकारी दिए ।
नगर प्रमुख यादवका अनुसार यस अभियानले वातावरण संरक्षणसँगै हरियाली विस्तारमा योगदान पुर्याउनेछ । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले वृक्षरोपणले जैविक विविधता जोगाउने, चराचुरुङ्गी र जीवजन्तुलाई आहार तथा बास उपलब्ध गराउने र बढ्दो तापमान न्यूनीकरणमा मद्दत पुग्ने बताए ।
गरुडा–समनपुर सडकखण्ड अन्तर्गत बागमती पुल समनपुरदेखि गरुडा–४ प्रवेशद्वारसम्मको सडक दुबै तर्फ बिरुवा रोप्ने योजना छ । नगरपालिकाले १२ किलोमिटर सडक खण्डमा करिब एक हजार बिरुवा रोप्ने र गढिमाइ मन्दिर जाने चारै तिरको बाटोमा समेत रोपण गर्ने तयारी गरेको हो ।
यसका साथै नगरपालिकाका ९ वटै वडामा पाँच–पाँच हजार बिरुवा गरी ४५ हजार बिरुवा रोप्ने योजना रहेको राजस्व शाखा प्रमुख बालकिशोर रायले जानकारी दिए । नगरपालिकाले कालिका फूल, गोल्ड मोहर फूल, बिरेन्द्र फूल, आँप, अमला, इमली, बकाइनो लगायतका प्रजातिका बिरुवा रोप्ने तयारी गरेको छ ।
यस क्रममा गढिमाइ–६ का वडा अध्यक्ष राम सिंहासन यादवले बिरुवा रोपण मात्र नभई त्यसको संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । उनले संरक्षणमा सक्रियता नदेखाए अभियानको लक्ष्य अपूर्ण हुने चेतावनी दिए ।
सम्बन्धित समाचार
मेयर राजेशमान सिंहलाई कारबाही गरे पाप लाग्ने : गृहमन्त्रीकाे दाबी | तीन तीनसांसदले बोलेपनि भएन कार्वाही, कार्वाही गराउन महामन्त्री गगन थापासँग गुहार
EXCLUSIVE : सलाई फैट्रिको सम्पति हत्याउन नक्कली अध्यक्ष बने वीरगंजका मेयर राजेशमान सिंह, जग्गा किने भोला कलवार गराए प्लटिङ (भिडियाे रिपाेर्ट सहित)
मेयर राजेशमान सिंहकाे नागरिकता किर्ते सम्बन्धि पेशी आज
मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : साेमबारका लागि सर्याे पेशी
नागरिकता किर्ते प्रकरण : पर्सा प्रहरी मेयर सिंहको बचाउमा, उच्च अदालतको आदेशमा टालटुले जवाफ | पुनः विस्तृत विवरण पेश गर्न अदालतकाे आदेश
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, उच्चकाे रिट पेशीमा चढ्याे
वीरगंजका मेयर सिंहले गरेकाे किर्ते नागरिकता प्रकरण : उच्च अदालतकाे पत्र जिल्ला प्रहरी कार्यालयमा, लिखित जवाफ तयार गर्दै पर्सा प्रहरी (भिडियाे सहित)
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्च अदालतको अल्टिमेटम
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते प्रकरणमा उच्च अदालतमा परमादेश माग सहितकाे रिट दर्ता
वीरगंज मेयर नागरिकता किर्ते प्रकरण : दुई महिनापछि बल्ल पञ्जिकरण अधिकारीसँग बयान लिए पर्सा प्रहरी
संघिय सदनकाे शुन्य समयमा नागरिकता किर्ते गर्ने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही गर्न डा. स्वर्णिम वाग्लेकाे माग (भिडियाे सहित)
भिडियाे सामाग्री