रौतहट | रौतहटको गौर कारागारबाट मङ्गलबार राति २६० जना कैदीबन्दी फरार भएका छन् । फरारमध्ये दुई महिला र २५८ पुरुष रहेका छन् ।
कारागार कार्यालय गौरका प्रमुख मनिष झाले दिएको जानकारीअनुसार जेन-जेड प्रदर्शनको मौका पारेर कैदीबन्दीहरू भाग्न सफल भएका हुन् ।
गौर कारागारमा २९१ जना कैदीबन्दीमध्ये ३१ जना मात्र फरार नभई भित्रै बसेका छन् । फरार २६० मध्ये ३१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको प्रमुख झाले जनाउनुभयो ।
मुख्य प्रवेशद्वारमा नेपाली सेना तैनाथ भए पनि पछाडिबाट कैदीबन्दी फरार भएको कारागार कार्यालयले जनाएको छ । हाल गौर कारागारमा ६२ जना कैदीबन्दी रहेका छन्, जसमा ६ जना महिला रहेका छन् ।
फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको कारागार कार्यालय रौतहटका प्रमुख झाले जानकारी दिनुभयो ।