राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । एमाले अध्यक्ष ओलीले हिमालय टेलिभिजनको अन्तर्वार्तामा आफूले लामिछानेलाई गुन लगाएको बताएका थिए ।
सोमबार जिल्ला अदालत काठमाडौंमा तारिख बुझेर फर्किँदै रास्वपा सभापति लामिछानेले भने, ओलीले लगाएको गुन तिर्न आउने अभिव्यक्ति दिएका छन् ।
उहाँ सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “गुन लगाइदिनुभएको छ नि केपी ओली जी ले । कुन गुन लगाएको भन्नुभएको थियो। त्यही उहाँले लगाएको गुन तिर्न आइराछु । सबै जिल्लामा सातै दिन म जानुपर्नेछ। जिउमा ठाउँ ठाउँका किला ठोकेको जस्तो भएको छ । यहाँ आएँ, भोलि, पर्सी ७ दिनभित्र मैले सबै अदालतमा गएर हाजिर गर्नुपर्ने छ । फेरि तारिख मिलाउनुपर्नेहुन्छ । अर्काले तारिख लिगिसक्या होला । यस्तै छ दौडादौड । त्यो बिख शरीरभर बाँकी नै छ । जानुपर्नेछ सबैतिर । अरु जिल्लातिर पनि जान्छु ।”
उहाँको भनाइले आगामी कानुनी प्रक्रियाप्रति सक्रिय र तयारीपूर्ण रहेको संकेत गरेको छ ।