पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुशील कुमार कानूलाई मतदाताहरूले अरु पुराना दल जस्तो जथाभावी वाचा कसम नगर्न सुझाव दिएका छन् ।
सस्तो लोकप्रियताका लागी विना योजना कहिले वृद्धा आश्रम बनाइदिने त कहिले घरमा मोटर दिलाइदिने जस्ता वाचा कसम नगर्न उनका क्षेत्रका मतदाताहरूले सुझाव दिएका छन् । बिहान पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ को पशुपति नगर, कोइलाभारमा घरदैलो अभियानमा पुगेका रास्वापा युवा उम्मेदवार सुशील कुमार कानलाई सांसदले जनताको आवाज उठाउने, जनताले सहज पाउने सेवा सुविधाका लागी सरल रुपमा कानुन बनाउने र सरकारको कामकारवाहीमाथि निगरानी गर्ने जिम्मेवारी रहेकाले सोहि अनुसार वाचा कसम गर्न मतदाताहरूले सुझाब दिएका छन् ।
पटक पटक झुटा वाचा कसम गरेर जनतालाई ठगेका उम्मेदवारहरू जस्तै सांसदको मातहतमा नपर्ने समान्य चटकका कार्यक्रमहरू समेत नगर्न मतदाताहरूको आग्रह थिए ।
सांसदले मुख्य रूपमा देशका लागि आवश्यक कानुन निर्माण र संशोधन गर्ने, बजेट र सरकारी नीतिमाथि छलफल गर्ने, मन्त्रालय तथा सरकारका निर्णयहरूबारे प्रश्न उठाउने र संसदीय समितिमार्फत विभिन्न विषयमा अध्ययन तथा अनुगमन गर्ने काम गर्छ । यसका साथै, आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या जस्तै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी, सेवा सुविधा र विकासका आवश्यकताहरू संसदमा पुर्याउने र समाधानका लागि पहल गर्ने भूमिका खेल्ने सांसदको महत्त्वपूर्ण कर्तव्य हो । सोही अनुसार जनतासँग यथार्थपरक र जिम्मेवार वाचा गर्न मतदाताहरूको आग्रह थियो ।
सम्बन्धीत समाचार
जेन जी हत्यामा संलग्न मन्त्रीलाई कारबाही गराउन रास्वापा उम्मेदवारसँग मतदाताहरूले मागे प्रतिवद्धता, उम्मेदवारहरूले दिए यस्तो आश्वासन !