पूर्वप्रधानमन्त्री तथा माधवकुमार नेपाल विरुद्ध दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा ‘हेर्न नमिल्ने’ भएको छ ।
सो मुद्दाको सुनुवाइका लागि बिहीबार ९फागुन २८० विशेष अदालतमा पेसी तय गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८२ जेठ २२ मा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारले दिएको हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
मुद्दा सुनुवाइका लागि अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ को इजलासमा पेसी तय भएको थियो । भ्रष्टाचार मुद्दामा नेपालसँगै प्रतिवादी रहेका भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त र अदालतका अध्यक्ष भट्टबीच नातासम्बन्ध रहेको कारण अदालतले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ निर्णय गरेको हो ।
यस निर्णयपछि आगामी सुनुवाइ स्थगित भएको छ र अदालतले सम्बन्धित प्रक्रिया अनुसार नयाँ इजलास वा वैकल्पिक निर्णयको लागि निर्देशन दिने अपेक्षा गरिएको छ ।