इजरायलले इरानमाथि नयाँ सैन्य आक्रमणको घोषणा गरेपछि शुक्रबार बिहान राजधानी तेहरानसहित विभिन्न क्षेत्रमा शक्तिशाली आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन् ।
बीबीसी फारसी सेवाका अनुसार आक्रमण शुक्रबार बिहान करिब ५ बजेसम्म जारी रहेको थियो । अरक क्षेत्रबाट आक्रमणका धेरै तस्बिर सार्वजनिक भएका छन् ।यसैगरी, कारज क्षेत्रमा पनि आक्रमण भएको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् ।
तेहरानका बासिन्दाका अनुसार आक्रमण यति शक्तिशाली थियो कि त्यसको धक्का भूकम्पजस्तै टाढासम्म महसुस गरिएको थियो ।इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सनिकट समाचार एजेन्सी तस्निम समाचार एजेन्सीले दक्षिणी तेहरान क्षेत्रमा विस्फोट भएको उल्लेख गरेको छ ।त्यसैगरी, एतेमाद पत्रिकाले शुक्रबार बिहान आक्रमणबाट प्रभावित क्षेत्रहरूको सूची सार्वजनिक गरेको छ ।
पत्रिकाका अनुसार आक्रमणबाट पुनाक, मर्जदारन, इस्लाम सहर, सहर रे, लवासन, पारदिस, जफरानिह, दौलत, सुहरावर्दी, नाजी अबाद तथा तेहरान पारस लगायत क्षेत्र प्रभावित भएका छन् ।