पर्सा जिल्लामा तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय नभए पनि, एकिकृत समाजवादी पार्टीको कार्यालय गण्डकमा रहेको छ।
कार्यालय सञ्चालनका लागि जिम्मेवार व्यक्तिहरूलाई आग्रह गरिए पनि उनीहरूले ध्यान नदिँदा विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमार्फत पार्टी नेता गंगा बहादुर खड्काले जानकारी दिँदै, पौष महिनादेखि कार्यालयको भाडा नतिरेको कारण घरबेटीबाट दबाब बढेको बताए। उनले ईन्चार्ज, संयोजक र अध्यक्ष कमरेडहरुलाई कार्यालय व्यवस्थापन र भाडा तिर्न गम्भीर बन्न आग्रह गरेका छन्।
यदि समस्या समाधान नगरे साँचो घरबेटीलाई बुझाउने चेतावनी पनि खड्काले दिएका छन्।
यसले कार्यालय सञ्चालनमा प्रभाव पर्ने र पार्टी कार्यकर्ता तथा स्थानिय सदस्यहरूबीच असहज स्थिति सिर्जना हुने सम्भावना देखिएको छ।