जनकपुरधाम बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरी सञ्चालन गरिँदै आएको व्यवसाय खाली गराउन मधेस सरकारका गृहमन्त्री फकिरा महतो सक्रिय भएका छन ।
आइतवार विहानै देखी गृहमन्त्री नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगरप्रहरीको संयुक्त टोलीले रामानन्दचोकमा फुटपाथ खाली गराइएका छन । व्यवसायीहरूले सडकपेटी अतिक्रमण गरेर सामान राखेपछि पैदलयात्रीहरू सडकमै हिँड्न बाध्य भएका थिए ।
जनकपुरधाम उपमहानगरपालिका ले पटक–पटक आग्रह गर्दा पनि अतिक्रमण हटाइएको थिएन । मन्त्री महतोले उपमहानगरपालिका, उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कमर्सको सहकार्यमा आफू अग्रसर भएर फुटपाथ खाली गराएको बताए । उनले अब पुनः अतिक्रमण गरे कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
उनकै नेतृत्वमा रामानन्द चौकसहित प्रादेशिक अस्पताल जाने मुख्य सडक आसपासका फुटपाथहरू समेत खाली गराइएको छ ।