शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सुरजकुमार
  • #सागरकुमार साह
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन गुरूङ ?
डिपीलाई गृहमन्त्री बनाउन चाहन्थे रवि, कसरी बने सुधन गुरूङ ?
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, चैत १३, २०८२
A1 Beakery Add A1 Beakery Add

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा सुधन गुरूङ गृहमन्त्री नियुक्त भएपछि विभिन्न तहमा प्रश्न उठेका छन् । उनी कसरी मन्त्रिपरिषदमा तेस्रो वरीयतासहित गृहमन्त्री बने भन्ने विषयले धेरैको ध्यान खिचेको छ ।

भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’पछि संविधानबारे अपरिपक्व टिप्पणी गरेको भन्दै गुरूङमाथि आलोचना भएको थियो । त्यसयता पनि उनी आफ्ना अभिव्यक्तिका कारण पटक – पटक विवादमा पर्दै आएका छन् । त्यसैले झन्डै दुई–तिहाइ बहुमतप्राप्त सरकारमा उनी गृहमन्त्री बन्न उपयुक्त हुन् कि होइनन् भन्नेबारे सामाजिक सञ्जालमा बहस चलिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताका अनुसार बिहीबारसम्म गृहमन्त्रीका लागि उपसभापति डोलप्रसाद अर्याल (डिपी) र महामन्त्री सुनिल लम्सालको नाम मात्र चर्चामा थियो । पार्टी सभापति रवि लामिछानेले अर्याललाई नै गृहमन्त्री बनाउन चाहेका थिए। वरिष्ठ नेता बालेन प्रधानमन्त्री बनेपछि टिमलाई बलियो बनाउन अनुभवी नेता आवश्यक पर्ने भन्दै अर्याल उपयुक्त हुने उनको धारणा थियो ।

तर, प्रधानमन्त्री बालेन शाह सुरूदेखि नै सुधन गुरूङ वा सुनिल लम्सालमध्ये एकलाई गृहमन्त्री बनाउन अडानमा थिए । प्रारम्भमा बालेन समूहले लम्साललाई अघि सारेको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

लम्साल बालेनका निकट मानिन्छन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा लम्साल उनको सचिवालयमा कार्यरत थिए । उनी बालेनका सहपाठीसमेत हुन् र पूर्वाधार विज्ञका रूपमा काम गरिसकेका छन् । मन्त्रिपरिषदमा उनी प्रधानमन्त्रीका विश्वासिला पात्र हुने अपेक्षा गरिएको थियो ।

स्रोतका अनुसार लम्सालको नाममा सहमति जुट्न नसकेपछि गुरूङको विकल्पमा छलफल अघि बढाइएको थियो । अन्ततः बिहीबार साँझ पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेतासँगको छलफलमा बालेनले गुरूङको नाममा अडान राखे ।

शुरूमा लामिछाने सहमत नभए पनि ‘जेनजी आन्दोलन’को मर्म र भावना समेट्न गुरूङ उपयुक्त हुने बालेनको तर्कपछि उनले सहमति जनाएका रास्वपा नेताहरू बताउँछन् ।

गोरखा–१ बाट निर्वाचित ३८ वर्षीय गुरूङ ‘जेनजी आन्दोलन’का अगुवामध्ये एक मानिन्छन् । उनले आन्दोलनका क्रममा स्वयंसेवकको भूमिका निर्वाह गरेको बताएका छन् । ‘हामी नेपाल’का संस्थापक अध्यक्ष रहेका गुरूङ २०७२ सालको गोरखा भूकम्पपछि सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए ।

नयाँबानेश्वरमा प्रदर्शनका क्रममा प्रहरी ब्यारिकेट तोड्ने प्रयास हुँदा गाडीमाथि उक्लिएर प्रदर्शनकारीलाई सम्झाएको दृश्य सामाजिक सञ्जालमा चर्चित बनेको थियो ।

आन्दोलनपछि उनी चुनावी सरकार गठन प्रक्रियामा सक्रिय देखिएका थिए । साथै, आन्दोलनको मर्मअनुसार शासन सञ्चालन हुनुपर्नेमा जोड दिँदै आएका थिए। रास्वपाको चुनाव चिह्न लिएर गोरखाबाट प्रतिनिधिसभा चुनाव लडेका गुरूङले चुनावी अभियानकै क्रममा गृहमन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए ।

गुरूङ गृहमन्त्री बनेपछि अब डोलप्रसाद अर्याल सभामुख बन्ने लगभग निश्चित भएको छ । मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी र सचेतकमा निशा डाँगी रहने तयारी छ ।

रास्वपाका एक नेताले भने, “सरकारको नेतृत्व गर्नेले आफूलाई सहज हुने टिम बनाउने हो । त्यसैअनुसार गुरूङ गृहमन्त्री बनेपछि अर्याललाई सभामुख बनाउने समझदारी भएको छ ।”

यसअघि लामिछानेले अर्याललाई गृहमन्त्री र सहप्रवक्ता प्रतिभा रावललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए। तर, अर्याल सभामुख बन्ने भएपछि रावल मन्त्री बनिसकेकी छन् । उनी संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छन् ।

गृहमन्त्रीको दौडमा रहेका सुनिल लम्साल भने भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका लम्साल स्ट्रक्चरल इन्जिनियरसमेत हुन् र पूर्वाधार विकासमा विज्ञता राख्छन् ।

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १७:२६
#गृहमन्त्री #रवि लामिछाने #रास्वपा #नेपाल राजनीति #डोलप्रसाद अर्याल #मन्त्रिपरिषद #जेनजी आन्दोलन #बालेन सरकार #सुधन गुरुङ #सुनिल लम्साल
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
कांग्रेसको १५औँ महाधिवेशनमा मधेस प्रदेश खुलातर्फ राकेश सिंहको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा मधेस प्रदेश खुलातर्फ राकेश सिंहको उम्मेदवारी बुधबार, असोज २१, २०८३
वर्षाले रोकियो कांग्रेसको बन्द सत्रको कार्यक्रम
वर्षाले रोकियो कांग्रेसको बन्द सत्रको कार्यक्रम बुधबार, असोज २१, २०८३
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा छलफल
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा छलफल मंगलबार, असोज २०, २०८३
ओलीले अध्यक्ष नछाड्ने संकेत, एमालेले जारी गर्‍यो अपानि
ओलीले अध्यक्ष नछाड्ने संकेत, एमालेले जारी गर्‍यो अपानि मंगलबार, असोज २०, २०८३
सरकार ढल्छ भन्नेहरू नै ढल्छन् : रवि लामिछाने
सरकार ढल्छ भन्नेहरू नै ढल्छन् : रवि लामिछाने सोमबार, असोज १९, २०८३
कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्न गगन थापालाई प्रचण्डको आग्रह
कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्न गगन थापालाई प्रचण्डको आग्रह सोमबार, असोज १९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ वीरगंज सिटी
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान वीरगंज सिटी
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख बलिराम यादव
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP