नेपाल शिक्षक महासंघ पर्साले वीरगंज महानगरपालिकामा व्याप्त भ्रष्टाचारविरुद्ध पत्रकार सम्मेलन गरेको छ ।
सम्मेलनमा शिक्षक जस्तो पवित्र पेशामा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण र महानगरका मेयर राजेशमान सिंहले गरेको भ्रष्टाचारको विषयमा विभिन्न प्रमाणहरू प्रस्तुत गरिएका थिए । पत्रकार सम्मेलनमा महासंघले वीरगंज महानगरपालिकाले दरबन्दी मिलानको नाममा ३ सयभन्दा बढी शिक्षकसँग बार्गेनिङ्ग गरी घूस लिएको आरोप लगाएकाे छ ।
दरबन्दी मिलान समितिमा रहेका शिक्षा महासाखा प्रमुख अरविन्दलाल कर्ण, विनोद मेहता, हरिन्द्र चौरसिया छन् तर मेयर राजेशमान सिंह, उनकी श्रीमति अन्नपूर्णा मनन्धर, र भतिज रुपशमान श्रेष्ठले विभिन्न माध्यमबाट शिक्षकहरूबाट घूस लिएको शिक्षकहरुले नै आरोप लगाएका छन् । शिक्षा महासाखा प्रमुख अरविन्दलाल कर्ण यसमा प्रमुख भुमिका छन् प्रति शिक्षक २० हजारदेखि १ लाख रुपैयाँसम्म घुस लिएकाे शिक्षकहरूको आरोप छ ।
महासंघका अध्यक्ष तिर्थराज यादवले मनोमानी ढंगले शिक्षकहरूलाई सरुवा गरिएको, योग्यता नपुगेका शिक्षकलाई प्रधानाध्यापक बनाइएको र शिक्षा ऐन २०२८ (संशोधन २०५९) विपरीत कार्य गरिएको आरोप लगाए । वीरगंज महानगरपालिकाले ऐनको उल्लंघन गर्दै घूसको आधारमा नजिकको विद्यालयमा सरुवा गरेकाे र अन्य शिक्षकलाइ १५/२० किलाेमिटर टाढा सरूवा गरेको बताए ।
पत्रकार सम्मेलनमा महासंघका पदाधिकारीहरूले शिक्षकहरूले शिक्षा प्रमुखको घरमा तरकारी पुर्याउनेलाइ विशेष सुविधा दिएकाे आरोप लगाए । विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गर्नुपर्ने प्रावधान विपरीत, बरिष्ठ शिक्षकहरूलाई दुःख दिने काम भएको महासंघले आरोप लगाएकाे छ ।
प्रमुख अरविन्दलाल कर्ण, मेयर राजेशमान सिंह, र उनकी श्रीमति अन्नपूर्णा मनन्धरले बोर्ड बैठकमा हस्ताक्षर गराएर आफ्नो मनपरी निर्णय लिने गरेको शिक्षकहरूको आरोप छ । यहाँसम्मकी बैठककाे उपस्थतीमा हस्ताक्षर गरेर निर्णयमा कहिलेपनी हस्ताक्षर नगराउने गरेकाे उनिहरूले बताए ।
यसैगरी पत्रकार सम्मेलनमा १६ सय पर्ने एउटा पंखाको तीन हजार बिल बनाएर पठाएर १४ सय सम्म भ्रष्टाचार गरेको र आवश्यक्ता नभएको ठाउँमा पंखा पठाएर अनियमितता गरेको आरोप लगाएको थियो । मेयरका आफन्त राजेश थापा र वडा नम्बर तीनका वडा अध्यक्ष बैजुलाल स्वर्णकारको छोराले प्रत्येक विद्यालयमा एकवर्षपछि पंखाको बिल तीन/तीन हजार दरले पठाएको बताएका थिए ।
पत्रकार सम्मेलनमा शिक्षक सुमित्रा पाण्डे, हासिम अन्सारी, प्रदीप कुमार, शिवनाथ थारु, भरत गिरी, र रमेश चौधरी लगायतको उपस्थिति रहेकाे थियो ।
सम्बन्धीत समाचार
एकवर्ष वितिशक्दा पनी सार्वजनिक नाला माथि बनेको हरिखेतान क्याम्पस र भारतीय दुतावसको संरचना हटाउन सकेनन् मेयर सिंह
साहिब दरबारमा ‘मीटिंग हल’ का लागी विना प्रमाण मेयर सिंहले बाडे १० लाख रुपैयाँ
सिर्सिया नदीलाई प्रदूषित गर्ने काममा वीरगंज महानगर आफैं संलग्न
वीरगंज महानगरले कम्प्युटर अपरेटरको पारिश्रमिक उपलब्ध नगराउँदा वडा कार्यालयको सेवा ठप्प
नैतिक चरित्रमाथि प्रश्न उठाउदैँ स्तम्भकार रूपाखेतीले मेयर सिंहकाे हातबाट पुरस्कार लिन गरे अस्वीकार
के पर्सामा ९४ प्रतिशत विद्यार्थी फेल भएका हुन ? (तथ्य जाँच)