किर्ते नागरिकता, आर्थिक अनियमितता र दरबन्दी मिलानजस्ता विवादमा मुछिएका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पुरुष पत्रकारबाट आतिसकेको भन्दै महिला पत्रकारले आफ्नो बारेमा राम्रो लेखिदिन आग्रह गरेका छन् ।
वीरगञ्जबाट महिलाहरूको सक्रियतामा प्रकाशित मध्य नेपाल पत्रिकाको आठौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर सिंहले पुरुष पत्रकारहरूको समाचारहरुबाट आजित भएकाले महिला पत्रकारहरूले आफ्नो बारेमा राम्राे लेखिदिन आग्रह गरेका छन् । मेयर सिंहले, “मैले ठाउँ पाइसकेँ, मेरा अग्रजहरूले नबोल भनिरहनुहुन्छ । तर, पत्रकारको विषयमा नबोले मेरो पेटै दुख्छ।” अर्काकी छोरीलाई आफ्नो भनी किर्ते नागरिकता दिलाएको विषयमा आएको समाचारलाइ लिएर मेयर सिंहले मेरा निजी जीवनमा पत्रकारहरूले हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
मेयर सिंहले पर्साका पत्रकारहरूलाई लक्षित गर्दै व्यक्तिगत चरित्रहत्या गर्ने पत्रकारलाई पुरस्कारको व्यवस्था गर्न आग्रह समेत गरे । उनले थपे, “पत्रकारले खाली लेखिदिने र बोलिदिने मात्रै गरेका छन् व्यक्तिगत चरित्रहत्या गर्ने पत्रकारलाई नेपाल पत्रकार महासंघले पुरस्कारकाे व्यवस्था गराेस भन्न चाहन्छु ।
मेयर सिंहले आफू कानुनी राज्यमा विश्वास गर्ने र गल्ती गरे कारबाही भोग्न तयार रहेको बताए । उनले जसले काम गर्छ, उसले गल्ती गर्छ। मबाट पनि गल्ती भएको हुन सक्छ, त्यसलाई झकझकाउन सकिन्छ । अहिले “राजेशमान सिंहको विरोधीहरू एक भएर लागेकाे बताए, उनले शिक्षकहरूलाइ लक्ष्त गर्दै , म गल्त छु भने अदालत जानुस् र मलाई कारबाही गराउनुस्,” ।
मध्य नेपाल पत्रिकाले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गरेको व्यक्तिहरूलाई सम्मान गरेको थियो ।
कार्यक्रममा सञ्चारकर्मी निलिमा पौडेललाई उत्कृष्ट महिला पत्रकारको रूपमा ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । यसैगरी, उत्कृष्ट फोटो पत्रकारको रूपमा सजल श्रेष्ठलाई, मानव सेवामा अग्रसर दिवेश मानव, पत्रिका वितरक जितेन्द्र साह, ब्यूटिशियन सुमित्रा सापकोटा, र ग्राफिक्स डिजाइनर राकेश पटेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जशवन्त यादव, पटेर्वा सुगौली गाउँपालिकाकी उपमेयर ममता चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, मधेश विश्वविद्यालयका उपकुलपति दीपक शक्य, प्राध्यापक श्रीराम दास, सुष्मा तिवारी, समाजसेवी मधु राणा, कमल चौगाई, जनमत पार्टीका जिल्ला संयोजक ओमप्रकाश सरार्फ, उद्योगी गणेश लाठ, डा. लक्ष्मी थापा, पत्रकार राजु श्रेष्ठ, ओमप्रकाश खनाल, उपेन्द्र ठाकुर, युवा नेता दिलीप राज कार्की लगायतको उपस्थिति रहेको थियो ।
सञ्चारकर्मी लक्ष्मी खरेलले सहजिकरण गरेको कार्यक्रम मध्य नेपालकी सम्पादक कविता खड्काको सभापतित्वमा समपन्न भएको थियो ।
सम्बन्धीत समाचार
वीरगंज महानगरमा ढेड महिनादेखी नक्सा सिफारिस ठप्प, मेयरले प्रमाणिकरण नगर्दा सेवाग्राही सास्ती खेप्दै
वीरगंज महानगरकाे भ्रष्टाचार विरुद्ध शिक्षक महासंघको पत्रकार सम्मेलन, दरबन्दी मिलान खारेज नगरे आन्दोलन गर्ने चेतावनी
एकवर्ष वितिशक्दा पनी सार्वजनिक नाला माथि बनेको हरिखेतान क्याम्पस र भारतीय दुतावसको संरचना हटाउन सकेनन् मेयर सिंह
साहिब दरबारमा ‘मीटिंग हल’ का लागी विना प्रमाण मेयर सिंहले बाडे १० लाख रुपैयाँ
सिर्सिया नदीलाई प्रदूषित गर्ने काममा वीरगंज महानगर आफैं संलग्न
वीरगंज महानगरले कम्प्युटर अपरेटरको पारिश्रमिक उपलब्ध नगराउँदा वडा कार्यालयको सेवा ठप्प
नैतिक चरित्रमाथि प्रश्न उठाउदैँ स्तम्भकार रूपाखेतीले मेयर सिंहकाे हातबाट पुरस्कार लिन गरे अस्वीकार
के पर्सामा ९४ प्रतिशत विद्यार्थी फेल भएका हुन ? (तथ्य जाँच)