जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकामा चरम आर्थिक दोहन भएको महालेखाको प्रतिबेदनले देखाएको छ ।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले गरुडा नगरपालिकामा १ करोड १ लाख ६० हजार ५ सय ४१ रुपैयाँ बराबरको आर्थिक अनियमितता देखाएको छ । प्रतिवेदनअनुसार नगरपालिकाले विभिन्न शीर्षकमा गरेको खर्चमध्ये ठूलो रकम आवश्यक कागजात, प्रमाण तथा कानुनी प्रक्रिया पूरा नगरी मेयर कन्थमणी जयसबाल र उनका छोराहरुको मौखिक आदेशमा भुक्तानी गरिएको पाइएको छ । केही खर्चमा बिल–भर्पाई, दररेट, कार्यसम्पन्न प्रतिवेदन तथा प्राविधिक बिल पुष्टिणै नभएको महालेखाले औँल्याएको छ ।
पालिकाकाले त्सार्वजनिक खरिद ऐन तथा नियमावलीको धज्जी उडाउदै अपनाउनुपर्ने बित्तीय अनुशासन र सामन्य प्रक्रिया पूरा नगरी खर्च गरिएको, स्वीकृति नलिई भुक्तानी गरिएको तथा लेखा व्यवस्थापन कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ । यसका कारण खर्च भएको रकमको वास्तविक उपयोगबारे प्रश्न उठेको महालेखाको निष्कर्ष छ । महालेखाका अनुसार कतिपय योजना सम्पन्न भएको दाबी गरिए पनि त्यससँग सम्बन्धित पर्याप्त प्रमाणिक कागजात पेश गरिएको छैन । केही योजनामा कामको मूल्याङ्कन स्पष्ट नभए पनि भुक्तानी भइसकेको देखिएको छ । यसले खर्च र कार्यान्वयनबीचको पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।


महालेखा परीक्षकको कार्यालयले वित्तीय अनुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने, सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी बनाउने तथा नियमित लेखा परीक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिएको छ । यता स्थानीयवासीले भने हरेक वर्षजसो यस्ता प्रतिवेदन सार्वजनिक भए पनि सुधारको अनुभूति हुन नसकेको गुनासो गरेका छन् । विकासका नाममा बजेट वृद्धि हुँदै गए पनि त्यसको प्रभावकारी उपयोग र पारदर्शिता सुनिश्चित हुन नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
गरुडा नगरपालिकामा देखिएको यो आर्थिक कैफियतले स्थानीय तहमा सार्वजनिक खर्चको निगरानी, सुशासन र जवाफदेहिताको विषयको उजागर गरेको भएपनी चुनाबै पिछे दल बदल्ने मेयरको आफन्त देखि आसेपासेको हालिमुहाली रहेको भन्दै जनस्थरमा व्यापक आक्रोस बढ्दो छ ।