काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ विधानअनुसार २८ वटा केन्द्रीय विभाग गठन गरेको छ । पार्टीको संगठन सुदृढीकरण, नीति निर्माण तथा विषयगत कार्यलाई प्रभावकारी बनाउन विभागहरू गठन गरिएको जनाइएको छ ।
रास्वपाले केन्द्रीय विभागलाई सांगठनिक तथा परिचालन र सार्वजनिक नीति तथा विषयगत गरी दुई समूहमा विभाजन गरेको छ । यसअन्तर्गत सांगठनिक तथा परिचालनतर्फ १२ वटा तथा सार्वजनिक नीति तथा विषयगततर्फ १६ वटा विभाग गठन गरिएको छ ।
सांगठनिक तथा परिचालनअन्तर्गत नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार, र्याटलगायत विभाग समावेश गरिएका छन् ।
यस्तै, सार्वजनिक नीति तथा विषयगत विभागअन्तर्गत सुशासन तथा राज्य व्यवस्था, अर्थ, पूर्वाधार, जनस्वास्थ्यलगायतका विभाग गठन गरिएको छ ।
रास्वपाले विभाग गठनसँगै संगठनात्मक संरचनालाई थप व्यवस्थित, जिम्मेवारीमुखी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
नयाँ विधानअनुसार बनाइएको विभागमा मनोनीत गर्न भने बाँकी छ ।
