शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
धर्म संस्कृति
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • साउनको तयारीमा टुटेश्वरनाथ मन्दिरमा सरसफाइ र साजसज्जा सुरु
साउनको तयारीमा टुटेश्वरनाथ मन्दिरमा सरसफाइ र साजसज्जा सुरु
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार २४, २०८३
A1 Beakery Add A1 Beakery Add

भगवान् शिवको आराधना र उपासना गरिने पवित्र साउन महिना नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा सरसफाइ, रङरोगन तथा साजसज्जाको काम तीव्र पारिएको छ ।

‘मधेसको कैलाश’ भनेर चिनिने यस मन्दिर परिसर तथा वरपरका चुरेथुम्कामा रहेका रुखहरूलाई विभिन्न रङले कलात्मक रूपमा सजाइँदै छ । साउने मेलामा पुग्ने श्रद्धालु भक्तजनलाई विशेष अनुभूति दिलाउने उद्देश्यले यस वर्ष साजसज्जा, रङरोगन र सरसफाइका कामलाई विशेष प्राथमिकता दिइएको मन्दिर संरक्षण समितिले जनाएको छ । सौरमास र चन्द्रमासको गणनाअनुसार हरेक वर्ष साउनभरि यहाँ धार्मिक मेला लाग्ने परम्परा छ । यस वर्ष भने साउन १ गतेदेखि सुरु भएको मेला साउन पूर्णिमा अर्थात् भदौ १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

मन्दिर संरक्षण समितिका अध्यक्ष राजाराम यादवले वर्षभरि नै देशका विभिन्न स्थानबाट श्रद्धालु आउने गरे पनि साउन महिनाको विशेष महत्त्व रहेको बताएका छन् । उनका अनुसार साउनका सोमबारहरू विशेष धार्मिक आस्थाका दिन मानिने भएकाले मेलालाई व्यवस्थित र आकर्षक बनाउन पहिलेदेखि नै तयारी सुरु गरिएको हो ।

चुरे पहाडी थुम्कामा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरलाई भगवान् शिवको बासस्थान कैलाशसँग जोडेर हेरिने गरिन्छ । पूर्वीय दर्शन परम्पराका जानकार तथा स्थानीय बासिन्दा यतिराज काफ्लेका अनुसार यो स्थान त्रेतायुगमा मिथिलाका राजा शिरध्वज जनक र द्वापर युगमा अर्जुनले तपस्या गरेको स्थानका रूपमा पनि परिचित छ । प्राचीन शिवलिङ्गको अस्तित्व र धार्मिक मान्यताका कारण यस स्थानलाई ‘मधेसको कैलाश’ भनिने गरिएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

भारतको देवघरस्थित वैद्यनाथ धामलाई ‘बाबाधाम’ भनिएझैँ टुटेश्वरनाथलाई पनि ‘नेपालको बाबाधाम’का रूपमा चिनिने गरिएको छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वर चोकबाट करिब आठ किलोमिटर वन क्षेत्र पार गरेर मन्दिर पुग्न सकिन्छ । टुटेश्वरनाथ महादेवको उद्भवबारे स्नातकोत्तर तहमा शोध गरेका पत्रकार राजकरण महतोका अनुसार माण्डवीगङ्गा नदीको किनार, चारैतिरको सघन वन, पहाडी शृङ्खला र सदाबहार सुगन्धित फूलको सुवासले यहाँ पुग्ने जो–कोहीलाई विशेष आध्यात्मिक अनुभूति दिलाउँछ ।

उनले त्रेता र द्वापर युगसँग जोडिएका ऐतिहासिक तथा धार्मिक पक्षबारे विस्तृत अध्ययन र प्रचार–प्रसार हुन नसकेको उल्लेख गर्दै तीनै तहका सरकारबीच समन्वय गरी काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । स्थानीयको पहलमा २०५२ सालदेखि मन्दिर संरक्षणको अभियान सुरु भएको थियो । पछिल्लो समय मधेस प्रदेश सरकारले पनि यहाँको पूर्वाधार विकास तथा संरक्षणमा सहयोग पुर्‍याउँदै आएको छ । तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंह र पर्यटनमन्त्री सकिल मियाँले समेत मन्दिर क्षेत्रको अवलोकन गरेका थिए ।

हाल यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास जारी छ । स्थानीय समुदायले मन्दिर संरक्षण र प्रचार–प्रसारका लागि निरन्तर पहल गरिरहेको भए पनि राज्यको थप ध्यान आवश्यक रहेको उनीहरूको भनाइ छ । दर्शनका लागि हेटौँडाबाट पुग्नुभएकी तुलसा काफ्ले न्यौपानेले टुटेश्वरनाथ आस्था र विश्वासको केन्द्र भएकाले राज्यको सक्रिय उपस्थितिले श्रद्धालुमा थप भरोसा जगाउने बताइन ।

टुटेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रि र बालाचतुर्दशीका अवसरमा पनि विशेष मेला लाग्ने गर्दछ । यहाँ बागमती र कोशी प्रदेशका साथै भारतका बिहार, झारखण्ड र उत्तर प्रदेशबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । मन्दिर परिसर वरपर असङ्ख्य सर्प देखिए पनि अहिलेसम्म सर्पदंशका कुनै घटना नभएको मन्दिरका पुजारी सिरी रायले जानकारी दिनुभयो। गौशाला–४ रजखोरका ७५ वर्षीय वासुदेव महतोले महादेवको दर्शन र प्रार्थनाले मनोकाङ्क्षा पूरा हुने, सद्भाव बढ्ने र शान्तिको अनुभूति प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

महतो विगत २०४० सालदेखि माण्डवीगङ्गा, स्वर्णमति र वरुणवती नदीको त्रिवेणी सङ्गमबाट जल बोकेर करिब १८ किलोमिटरको कठिन यात्रा पार गर्दै शिवलिङ्गमा जल चढाउँदै आएको छ । उनले मन्दिर क्षेत्रको संरक्षण र विकासका लागि स्थानीयको चासोलाई राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ११:१९
#मधेस प्रदेश #बर्दिबास #महोत्तरी #महाशिवरात्रि #धार्मिक आस्था #धार्मिक पर्यटन #चुरे क्षेत्र #शिव आराधना #धार्मिक सम्पदा #साउन मेला #मधेसको कैलाश #साउने सोमबार #टुटेश्वरनाथ महादेव मन्दिर #नेपालको बाबाधाम #टुटेश्वरनाथ #माण्डवीगङ्गा #शिव भक्तजन #बालाचतुर्दशी #मन्दिर संरक्षण #धार्मिक गन्तव्य
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप धर्म संस्कृति
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? सोमबार, असोज २६, २०८३
कुनै बेला दसैँको सन्देश दिने ढोल आज किन मौन छ?
कुनै बेला दसैँको सन्देश दिने ढोल आज किन मौन छ? सोमबार, असोज २६, २०८३
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना आइतबार, असोज २५, २०८३
बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना गरिँदै
बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना गरिँदै आइतबार, असोज २५, २०८३
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीका दम्पती पक्राउ
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीका दम्पती पक्राउ बुधबार, असोज २१, २०८३
यस वर्ष दशैं टीकाको शुभ साइत १०:२६ बजे
यस वर्ष दशैं टीकाको शुभ साइत १०:२६ बजे बुधबार, असोज २१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कञ्चनपुरमा किशोर अपहरणपछि कुटपिट, पाँच जना प्रहरी नियन्त्रणमा
कञ्चनपुरमा किशोर अपहरणपछि कुटपिट, पाँच जना प्रहरी नियन्त्रणमा वीरगंज सिटी
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद
बीरगंजमा जुवाविरुद्ध प्रहरीको कारबाही, ९८ हजार रुपैयाँ बरामद वीरगंज सिटी
धानखेतबाट भरुवा बन्दुक बरामद, प्रहरीद्वारा अनुसन्धान सुरु
धानखेतबाट भरुवा बन्दुक बरामद, प्रहरीद्वारा अनुसन्धान सुरु वीरगंज सिटी
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP