नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यास पालना गर्न आग्रह गरेका छन् ।
आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने बताएका हुन् ।
ओलीले प्रश्न सोधिसकेपछि त्यसलाई समाचारका रूपमा प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने धारणा पनि राखे ।
उनले सञ्चारकर्मीलाई माइक लिएर मुखअगाडि ल्याउँदै प्रश्न गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै भने, ‘तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस् ।
यस क्रममा सञ्चारकर्मीले एमाले सचिवालय बैठक स्थगित भएको विषयमा प्रश्न गरेका थिए। तर ओलीले त्यसको प्रत्यक्ष जवाफ दिनुभन्दा पत्रकारिताको अभ्यास र प्रश्न गर्ने शैलीबारे आफ्नो धारणा राखेका थिए ।