शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्र प्रसाद यादव
यहाँ खोज्नुहोस्
your add here your add here
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • दुई वर्ष, चार एसपी अनुसन्धान शून्य !  मेयर राजेशमान सिंह विरुद्ध नागरिकता किर्ते प्रकरण मुद्दाकाे उच्चमा पेशी आज (भिडियाे सहित)
दुई वर्ष, चार एसपी अनुसन्धान शून्य !  मेयर राजेशमान सिंह विरुद्ध नागरिकता किर्ते प्रकरण मुद्दाकाे उच्चमा पेशी आज (भिडियाे सहित) वीरगंजका मेयर राजेशमान सिंहविरुद्धको सरकारी कागजात किर्ते र नागरिकता किर्ते मुद्दामा चौथो पटक जवाफ मागपछि उच्च अदालत वीरगंजमा पुनः आज पेशी, पदको बलमा कानुनको उपहास चारवटा एस पि परिवर्तन भएपनि भएनन् अनुसन्धान
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, पुस १४, २०८२
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्धको सरकारी कागजात किर्ते र नागरिकता किर्ते मुद्दामा चौथो पटक जवाफ मागपछि उच्च अदालत वीरगंजमा पुनः आज पेशी परेको छ । 

पद र पावरको बलमा मेयर राजेशमान सिंहले अर्काको छोरीलाई आफ्नो भनी सरकारी कागजात किर्ते गरेर नागरिकता बनाएपनी कानुनको उपहास हुदैँ आएको छ । २०८० साल मै पर्सा प्रहरीमा उजुरी दर्ता भएको थियो । उक्त उजुरी दर्ता भएको समेत माघमा दुईवर्ष पुग्न लागेको छ । यस अवस्थामा पर्सामा चौथो एस पि परिवर्तन भएर आएपनि पद र पावरको बलमा प्रहरीले मेयर सिंहलाई छुट हुँदै आएको रिटकर्ताको आरोप छ । 

यता उच्च अदालत वीरगंजले विभिन्न किसिमका मुद्दासँग सम्बन्धीत चार चार पटक जवाफ मागपछि पुनः आज पेशी परेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्सासँग अनुसन्धान सम्बन्धी विभिन्न चौथौ पटकको जवाफ मागपछि आज पेशी परेको हो । २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएको बेला तत्कालिन प्रहरी उपरिक्षक कोमल साह रहेका थिए । उनिपछि चरिलाई इन्काउन्टर गरेर इन्काउन्टर स्पेशलिष्टले चिनिएका प्रहरी उपरिक्षक कुमोद ढुंगोल आएका थिए । उनको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय बारामा अनुभव बटुलेका प्रहरी उपरिक्षक गौतम मिश्रा पर्सामा हाजिर भए । उनको समेत जेन जी आन्दोलनपछि सरुवा भएर गएपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानमा अब्बल मानिएका प्रहरी उपरिक्षक सुदिप राज पाठक पर्सामा आएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनी आएको समेत पुसको पहिलो साता नै तीन महिना वितिशक्दा समेत मेयर राजेशमान सिंहको किर्ते मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढ्न नसकेको रिट कर्ताको आरोप रहेको छ । 

जेन जीको सरकार अघि हरेक गृहमन्त्री, प्रधानमन्त्रीसँग भेटघाट गर्न पुग्ने मेयर राजेशमान सिंह अहिलेको प्रधानमन्त्री वा गृहमन्त्रीसँग भेट चढाउन सकेका छैनन् तरपनी मेयर सिंहको किर्ते नागरिकता अझै अनुसन्धान हुन नसकेको उजुरीकर्ताहरुको आरोप छ । 

मेयर राजेशमान सिंहविरुद्ध दर्ता भएको सरकारी कागजात किर्ते र नागरिकता किर्ते मुद्दामा यसअघि असोज २७ गते परेको पेशीले कानुनी व्यवस्था अन्तर्गत अनुसन्धान अधिकारी र प्रारम्भिक प्रतिवेदनको सम्बन्धमा के कसो भएको हो ? सोको सम्बन्धमा स्पष्ट व्यहोरा समेत खुल्ने गरी उच्च सरकारी वकिल कार्यालय वीरगंज मार्फत जवाफ पेश गर्न उच्च अदालतले आदेश दिएको थियो । त्यसको अधारमा जिल्ला सरकारी वकिलको कार्यालय पर्साले मंसिर ३ गते जिल्ला प्रहरी कार्यालयलाई जवाफ पठाईदिन पत्र लेखेको थियो । 

जिल्ला प्रहरी कार्यालय पर्साले उक्त आदेशको जवाफ मंसिर २८ गते पठाएपछि उच्च अदालत अस्थाई इजलास वीरगंजले पुस १४ गतेका लागी पेशी तोकेको हो । 

दुईवर्ष अगाडी २०८० साल फागुन २९ गते जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात किर्ते र नागरिकता किर्ते सम्बन्धी जाहेरी दर्ता भएको थियो । दर्ता भएको जाहेरीमा पर्सा प्रहरीले अनुसन्धान ढिलाइ गरेको भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा २०८२ वैशाख ३० गते रिट दर्ता भएकाे थियो । 

उच्च अदालतले परेको रिटको सुनवाई गर्दै असार २ गते जिल्ला प्रहरी कार्यालयसँग एकवर्षदेखि हालसम्म भएको अनुसन्धानको विवरण माग गरेको थियो । उच्चले मागेको जवाफमा प्रहरीले असार १२ गते उच्चलाई जवाफ पठाएको थियो । 

उच्चले गत २०८१ वैशाख २६ गतेसम्ममा गरिएको अनुसन्धान कारवाहीको विवरण मात्र खुली आएकाले एक वर्ष बितिसक्दा समेत थप अनुसन्धान कार्य भएनभएको वा कुनै थप अनुसन्धान कार्य भएको भए सोको विवरण खुलाई स्पष्ट गरी सोको जवाफ यथाशीघ्र अदालतमा पठाउन पुनः असार ३१ गते आदेश दिएको थियो । 

त्यसपछि उक्त जवाफको सुनवाई गर्दै उच्च अदालतले अंश तथा सम्बन्ध विच्छेदको फाइल झिकाउन आदेश दिएको थियो । उच्च अदालत वीरगंजले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग सम्बन्धित अंश तथा सम्बन्ध विच्छेदको फाइल पेश गर्न आदेश दिएको हो ।

अर्काकी छोरीलाई आफ्नी भनी जन्मदर्ता, सिफारिस लगायतका कागजात किर्ते गरेर नागरिकता दिलाएको आरोपमा दायर मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्र बहादुर बम र मोहनराज भट्टराईको संयुक्त इजलासले पर्सा जिल्ला प्रहरी कार्यालयलाई रिता भट्टराई बनाम राजेशमान सिंहको अंश छुट्याई सम्बन्ध विच्छेद सम्बन्धी मुद्दाको प्रतिलिपी पेश गर्न निर्देशन दिएको थियो ।

वादी रिता भट्टराई प्रतिवादी राजेशमान सिंह भएको अंश छुटयाई सम्बन्ध विच्छेद गरी पाउँ भन्ने मुद्दा दर्ता भएको भन्ने कुरा जिल्ला प्रहरी कार्यालय पर्साको मिति २०८२।०४।११ गतेको पत्रबाट देखिन आएको हुँदा जिल्ला प्रहरी कार्यालय पर्सालाई उक्त मुद्दाको प्रतिलिपी झिकाई पेश गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश गरेको थियो । 

पर्साका प्रहरी उपरीक्षक समेत प्रतिवादी रहेको रिटमा पर्सा प्रहरीले अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता, सिफारिस लगायतको कागजात समेत किर्ते गरेका मेयरलाई जोगाउन प्रहरी लागेको रिटकर्ताले आरोप लगाउँदै आएको छ । उजुरी दर्ता भएको दुईवर्ष पुग्न लाग्दा अझै अनुसन्धान टुंगोमा नपुगेकाले रिटकर्ताको आरोपलाई बल पुगेको छ । 

वीरगंज ३ का भूपेन्द्रमान सिंह श्रेष्ठका छोरा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरी रुबिना श्रेष्ठ भन्नेलाई आफ्नी छोरी बनाई नक्कली बाबुको रूपमा सरकारी कागजात किर्ते गरी जन्मदर्ता, किर्ते सिफारिसका आधारमा नागरिकता दिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा २०८० फागुन २४ गते मुद्दा दर्ता नं. ८३४ र नागरिकता सम्बन्धी कसुरको मुद्दा दर्ता नं. ८३७ सरकारी वकिलको कार्यालयको पत्रको आधारमा दर्ता गराएको थियो । 

सुरुवात मै छानविन गर्न आनाकानी गरिरहेको पर्सा प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत सरकारी कागजात किर्ते र नागरिकता किर्ते विरुद्धको मुद्दा दर्ता गरेपनि २२ महिना बितिसक्दा कारवाही प्रकृया अगाडि बढाएको छैन् । सोही विषयमा अनुसन्धान तथा कारबाही प्रक्रियामा ढिलासुस्ती गरेको भन्दै वीरगंज महानगरपालिका ३ निवासी लियाकत अलीले उच्च अदालतमा परमादेश रिट निवेदन दर्ता गराएका थिए । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई नागरिकता बनाएको विषयमा पत्रकार जियालाल साहले सिधाकुरा मार्फत २०८० साल पुस २४ गते समाचार बाहिर ल्याएका थिए । मेयरलाई कारवाही वा छानविन हुनुपर्नेमा उल्टै नागरिकता किर्ते गरेका राजेशमान सिंहले शक्तिको दुरूपयोग गर्दै पत्रकार साह विरुद्ध समाचारकै विषयमा पर्सा जिल्ला अदालतमा साइबर क्राइम, गाली बेइज्जती, लिखित बेइज्जती र अदालतको मानहानी लगायतको मुद्दा दिएर दुःख दिने काम गरिरहेका छन् ।

पत्रकार साहले अर्काकी छोरीलाई आफ्नो भनी  समाचार प्रकाशित भएपछि मेयर राजेशमान सिंह विरुद्धको उजुरी दर्ता भएर पनि पटक पटक जाहेरीबारे सोधखोज गर्दा विपक्षीले हालसम्म कुनै प्रक्रिया अगाडि नबढाई पद र पैसाको बलमा कानुनी शासनको खिल्ली उडाउँदै आएको परमादेश निवेदनमा आरोप लगाइएको छ । परमादेशमा नेपालको संविधानको धारा १८ को उपधारा १ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने उल्लेख भएको र कसैलाई कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था भएको उल्लेख छ । यसै गरी विपक्षीहरूले नेपाल संविधानको धारा १८ द्वारा प्रदत्त अधिकारमा समेत आघात पार्ने गरी कानुनद्वारा निर्दिष्ट काम कर्तव्य समेत नगरी विमुख भएको आरोप लगाइएको छ । 

२०८० साल पुस २४ मा समाचार प्रकाशित भएसँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गृहमन्त्रालय सहित विभिन्न ७ ठाउँमा उतिबेला उजुरी परेको २२ महिना वितिसक्दापनि मेयर सिंह हरेक निकायबाट जोगिदै आएका छन् । उतिबेला नै उजुरीको आधारमा गृहमन्त्रालयले पुष्कर राणको संयोजकत्वमा छानविन समिति बनाएपनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन् । गृहमन्त्रालय छानविन समितिले तत्कालिन पञ्जीकरण अधिकारी भिखारी रायको किर्ते हस्ताक्षर प्रयोग गरी नागरिकता बनाउन मेयरसिंहले गरेको जन्मदर्ता, विवाहदर्ता लगायतको किर्ते कागजातको विषयमा अनुसन्धान नै नगरी फर्किएका त्यसबेला फर्केका थिए । 

गृहमन्त्रालयको छानविन समिति फर्किएको भोलिपल्ट कानुनको छिद्र प्रयोग गर्दै दोश्रो श्रीमति भनेर रिता भट्टराईलाई खडागरी सम्बन्ध विच्छेदका लागी जिल्ला अदालतमा अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिलाएका थिए तर उक्त सम्बन्ध विच्छेदको मुद्दा प्रकृया अगाडि नबढाएको भन्दै पर्सा जिल्ला अदालतले ढिसमिस गरिदिएको छ ।

उक्त अंश तथा सम्बन्ध विच्छेद सम्बन्धीको मुद्दामा समेत दोश्रो श्रीमति भनेकी रिता भट्टराईले मेयर राजेशमान सिंहका छोरी भनिएकी रूबीना श्रेष्ठको सरकारी किर्ते जन्मदर्ता बुझाएकी थिईन् । जसमा तत्कालिन पञ्जिकरण अधिकारी भिखारी रायको किर्ते हस्ताक्षर भएको जन्मदर्ता पेश गरिएको छ । यसविषयमा स्वयम तत्कालिन पञ्जिकरण अधिकारी रायले जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायमा व्यान समेत दिइसकेका छन् ।

पर्सा प्रहरीले जन्मदर्ता किर्ते गरेको आरोपमा उजुरी दर्ता गरेपनि कारवाही प्रकृया अगाडि नबढाएको भन्दै पटक पटक आन्दोलन तथा विरोधको कार्यक्रम विग्तमा हुदैँ आएको छ । विभिन्न पार्टीका नेता कार्यकर्ताहरूले मेयर सिंहमाथि कारवाही प्रकृयामा ढिलाई भइरहेकाले विरोध कार्यक्रम गर्दै आएका छन् । 

स्थानीय मात्र नभइ मेयर राजेशमान सिंहको विषयमा सडकदेखी संसद सम्म आवाज उठेको छ । नेपाली कांग्रेशका महामन्त्री गगन थापा, रास्वापाका स्वर्णिम वाग्ले लगायतले सदनमा आवाज उठाएका छन् भने धेरै पटक उनि विरूद्ध विभिन्न कार्यक्रममा बोल्दै आएको छ तर कुनै कार्वाहि प्रकृया अगाडि बढाइएको भने छैन् ।

सम्बन्धित समाचार 

  • राजेशमान सिंह विरुद्ध किर्ते नागरिकता मुद्दामा उच्च अदालतद्वारा रिट जारी (भिडियाे सहित)
  • EXCLUSIVE : सलाई फैट्रिको सम्पति हत्याउन नक्कली अध्यक्ष बने वीरगंजका मेयर राजेशमान सिंह, जग्गा किने भोला कलवार गराए प्लटिङ (भिडियाे रिपाेर्ट सहित)
  • किर्ते नागरिकता गरेका मेयरलाई कार्वाही गर्न गृहमन्त्रीसँग माग भइरहदा, मेयर भन्छन् धन्यवाद केपी बा !
  • किर्ते नागरिकता प्रकरण : मेयर राजेशमान सिंहको ‘दोश्रो श्रीमती’ भनिएकी रिता भट्टराईको सम्बन्ध विच्छेद फाइल झिकाउन उच्चको आदेश
  • वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : अनुसन्धान हुदैछ भन्ने प्रहरीकाे दाबीमा अनुसन्धानकाे सम्पूर्ण फाईल झिकाउन उच्चकाे आदेश
  • मेयर राजेशमान सिंहकाे नागरिकता किर्ते सम्बन्धि पेशी आज
  • मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : साेमबारका लागि सर्याे पेशी
  • नागरिकता किर्ते प्रकरण : पर्सा प्रहरी मेयर सिंहको बचाउमा, उच्च अदालतको आदेशमा टालटुले जवाफ | पुनः विस्तृत विवरण पेश गर्न अदालतकाे आदेश
  • वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, उच्चकाे रिट पेशीमा चढ्याे
  • वीरगंजका मेयर सिंहले गरेकाे किर्ते नागरिकता प्रकरण : उच्च अदालतकाे पत्र जिल्ला प्रहरी कार्यालयमा, लिखित जवाफ तयार गर्दै पर्सा प्रहरी (भिडियाे सहित)
  • वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्च अदालतको अल्टिमेटम
  • वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते प्रकरणमा उच्च अदालतमा परमादेश माग सहितकाे रिट दर्ता
  • वीरगंज मेयर नागरिकता किर्ते प्रकरण : दुई महिनापछि बल्ल पञ्जिकरण अधिकारीसँग बयान लिए पर्सा प्रहरी
  • संघिय सदनकाे शुन्य समयमा नागरिकता किर्ते गर्ने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही गर्न डा. स्वर्णिम वाग्लेकाे माग (भिडियाे सहित)

सम्बन्धित भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ०६:३०
#राजेशमान सिंह #स्थानीय सरकार #पर्सा प्रहरी #वीरगंज समाचार #राजनीतिक हस्तक्षेप #गृहमन्त्रालय #नागरिकता किर्ते #संविधान धारा १८ #रिट निवेदन #छानविन समिति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" बुधबार, भदौ २४, २०८३
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ
सरकारी गाडीसहित क्लार्ककाे क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष जसवन्त यादव सहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश
मेयर राजेशमान सिंहको पेशीमा जाहेरीकर्तालाई झिकाउने विशेष अदालतको आदेश सोमबार, भदौ ८, २०८३
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
राजेशमान सिंहको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश सोमबार, भदौ १, २०८३
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी
मेयर राजेशमान सिंहको मुद्दामा आज विशेष अदालतमा पेशी आइतबार, साउन ३१, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP