शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नारायणी अस्पतालको इमर्जेन्सी कक्ष भवनको ठेक्का भ्रष्टाचार प्रकरण : विशेष अदालतको सफाइविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, पूर्व मेसु डा. संजय ठाकुर, डा. विरेन्द्र प्रधान सहित १० जना विरुद्ध सर्व
नारायणी अस्पतालको इमर्जेन्सी कक्ष भवनको ठेक्का भ्रष्टाचार प्रकरण : विशेष अदालतको सफाइविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, पूर्व मेसु डा. संजय ठाकुर, डा. विरेन्द्र प्रधान सहित १० जना विरुद्ध सर्व
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असार १५, २०८३
A1 Beakery Add A1 Beakery Add

नारायणी अस्पतालमा निर्माण गरिएको अकास्मिक भवन (Emergency Building) को ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितता तथा सार्वजनिक सम्पत्तिमा करिब १ करोड ८४ लाख ३८ हजार रुपैयाँभन्दा बढी हानिनोक्सानी भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै प्रतिवादीलाई सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

आयोगले साेमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नारायणी अस्पताल, वीरगञ्जका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. संजय कुमार ठाकुर, राजेन्द्र साह, सकुर अन्सारी, शुशिल प्रसाद यादव, सुदिप कुमार माभी, डा. विरेन्द्र प्रधान, माधवी चाैधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि तथा लुम्बनी मिसनका आधिकारीक प्रतिनिधि जगत बुढा, लुम्बनी बिल्डर्स प्रालिका तत्कालिन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा गरी १० जना प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको २०८२ पुस १४ गतेको फैसला त्रुटिपूर्ण रहेको भन्दै असार १५ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो ।

यसअघि अख्तियारले सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत ठेक्का प्रक्रिया सञ्चालन गरी राज्यलाई १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ ७० पैसा बराबरको आर्थिक हानिनोक्सानी पुर्‍याएको आरोप लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले उक्त रकमलाई बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना, बिगो असुल तथा केही प्रतिवादीलाई थप सजायको माग गरेको थियो ।

विशेष अदालतले किन दियो सफाइ ?

विशेष अदालतले ठेक्का प्रक्रिया ई–बिडिङमार्फत खुला प्रतिस्पर्धाबाट भएको, मूल्याङ्कनकर्ताले प्राविधिक प्रस्तावको मूल्याङ्कनअघि आर्थिक प्रस्तावको जानकारी पाउन नसक्ने, प्राविधिक रूपमा असफल भएका कम्पनीहरूले समय मै कानुनी उपचार नखोजेको तथा प्रतिवादीहरूको बदनियत पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको आधारमा सबै प्रतिवादीलाई सफाइ दिएको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अदालतले निर्माण कार्य सम्पन्न भई भवन सञ्चालनमा आइसकेको तथा प्रतिवादीहरूले अनुसन्धान र अदालतमा आरोप अस्वीकार गरेको अवस्थालाई समेत आफ्नो निर्णयको आधार बनाएको थियो ।

अख्तियारको दाबी : प्रतिस्पर्धा सीमित गर्न पूर्वनियोजित योजना

तर यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा दायर गरेको पुनरावेदनमा विशेष अदालतले तथ्य, प्रमाण र कानुनी व्यवस्थाको सही मूल्याङ्कन नगरेको दाबी गरेको छ । पुनरावेदनमा Construction of Emergency Building of Narayani Hospital, Birganj योजनाको बोलपत्र तयार गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत "Interlock Block Multi-blended Color M35 Grade" सम्बन्धी विशेष योग्यता अनिवार्य बनाइएको उल्लेख गरिएको छ ।

आयोगका अनुसार यस्तो सर्त राखेर सीमित कम्पनीलाई मात्रै प्रतिस्पर्धा गर्न मिल्ने वातावरण बनाइएको थियो । यसकै आधारमा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई अयोग्य ठहर गरी बढी मूल्य प्रस्ताव गर्ने लुम्बिनी–मिसन जेभीलाई ठेक्का दिइएको थियो ।

प्राप्त विवरण अनुसार कम मूल्य प्रस्ताव गर्ने कम्पनी र ठेक्का प्राप्त कम्पनीबीच १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ ७१ पैसाको अन्तर रहेको थियो । आयोगले यही रकमलाई नेपाल सरकारलाई भएको प्रत्यक्ष आर्थिक हानिनोक्सानी मानेको छ ।

मूल्याङ्कनदेखि भेरिएसन आदेशसम्ममा अख्तियारकाे प्रश्न

आयोगले पुनरावेदनमा बोलपत्र मूल्याङ्कन, योग्यता निर्धारण, लागत अनुमान संशोधन, प्रि–बिड प्रक्रिया, प्रतिस्पर्धा सीमित गर्ने मापदण्ड तथा निर्माण सम्पन्न भएपछि गरिएको भेरिएसन आदेशसमेत कानुनविपरीत भएको उल्लेख गरेको छ ।

अनुसन्धानका क्रममा सार्वजनिक खरिद परामर्श कार्यटोलीका विज्ञहरूले समेत Interlock Block Multi-blended Color M35 Grade सम्बन्धी सर्त आवश्यक नभएको, त्यसले प्रतिस्पर्धा सीमित गरेको तथा स्वीकृत लागत अनुमान समेत नियमअनुसार संशोधन नगरिएको राय दिएको आयोगको दाबी छ ।

आयोगले निर्माण कार्य सम्पन्न भएपछि सुरुआतमा मुख्य आधार बनाइएको इन्टरलक ब्लकको परिमाण नै करिब ६१.५ प्रतिशतले घटाइएको उल्लेख गर्दै सुरु मै उक्त मापदण्ड राख्नु बदनियतपूर्ण भएको दाबी गरेको छ ।

को–को छन् प्रतिवादी ?

यस मुद्दामा तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. संजय कुमार ठाकुर, राजेन्द्र साह, सकुर अन्सारी, शुशिल प्रसाद यादव, सुदिप कुमार माभी, डा. विरेन्द्र प्रधान, माधवी चाैधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि तथा लुम्बनी मिसनका आधिकारीक प्रतिनिधि जगत बुढा, लुम्बनी बिल्डर्स प्रालिका तत्कालिन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा मूल्याङ्कन समितिका पदाधिकारी, नारायणी अस्पतालका कर्मचारी, शहरी विकास तथा भवन कार्यालय पर्साका इन्जिनियरहरू, लुम्बिनी–मिसन जेभी तथा सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिसहित १० जनालाई प्रतिवादी बनाइएको छ ।

आयोगले विशेष अदालतले दिएको सफाइको फैसला बदर गरी आरोपपत्रअनुसार सबै प्रतिवादीलाई सजाय, जरिवाना तथा बिगो असुल गराउन सर्वोच्च अदालतसमक्ष माग गरेको छ ।

सर्वोच्च अदालतले अब उक्त पुनरावेदनमाथि सुनुवाइ गरी विशेष अदालतको फैसला सदर गर्ने वा उल्ट्याउने भन्ने विषयमा अन्तिम निर्णय गर्नेछ । यस्ताे छ विज्ञप्ति

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १९:०३
#सर्वोच्च अदालत #नारायणी अस्पताल #अख्तियार दुरुपयोग अनुसन्धान आयोग #विशेष अदालत #भ्रष्टाचार मुद्दा #पर्सा #वीरगञ्ज #नेपाल समाचार #पुनरावेदन #ठेक्का अनियमितता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल शनिबार, असोज २४, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी मंगलबार, भदौ २३, २०८३
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान सोमबार, भदौ १५, २०८३
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित)
नारायणी अस्पतालबाट एकदिने नवजात शिशुकाे चोरी, सरसफाइ कर्मचारीको भेषमा आएकी महिलाले बच्चा चाेरी गरी फरार (भिडियाे सहित) आइतबार, भदौ १४, २०८३
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित)
ठगी मुद्दामा हरिनारायण रौनियारका छोरा बुहारी सहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी (भिडियाे सहित) बिहीबार, भदौ ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
वीरगंज भन्सारका लिलामीका सामान सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ वीरगंज सिटी
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
बारा र पर्साबाट ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य
वीरगंजको दसैँ मेलामा जलेबीको आकर्षण, प्रतिकिलो २४० रुपैयाँ पुग्यो मूल्य वीरगंज सिटी
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ?
कोइला डिपोको धुलोले स्थानीयको स्वास्थ्यमा गम्भीर जोखिम, सम्बन्धित निकाय किन मौन ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ?
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको दबदबा, कुन क्लबले कति उपाधि जिते ? वीरगंज सिटी
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित)
कात्तिक ९ देखि एनपीएल सुरु हुँदै, मैदानको तयारी अन्तिम चरणमा (तस्बिरसहित) वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद
सुखदुःखमा साथ दिने पत्नीलाई राजपाल यादवको भावुक धन्यवाद वीरगंज सिटी
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध
दसैंमा घरमै बसेर हेर्न सकिने ६ नेपाली फिल्म, युट्युबमा उपलब्ध वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP