काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै निजी विद्यालय सञ्चालकहरूले काठमाडौंमा स्कुल बससहित र्याली निकालेका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएले संयुक्तरूपमा राजधानीको चक्रपथ क्षेत्रमा र्याली निकालेका हुन् ।
यसअघि उनीहरूले पाँचबुँदे माग राखेर आन्दोलन घोषणा गरेका थिए । निजी विद्यालय सञ्चालकका अनुसार विधेयकमा समावेश गरिएको निजी शैक्षिक संस्थासम्बन्धी “अव्यावहारिक र अन्यायपूर्ण प्रावधान” हटाउनुपर्ने उनीहरूको माग छ ।
सञ्चालकहरूले ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (जस्तै पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना र खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने र कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउन लागिएको प्रावधान हटाउनुपर्ने माग राखेका छन् ।
नेसनल प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष सुवास न्यौपानेले २७ किलोमिटर रिङरोडमा स्कुल बस उतारिएको बताए । “आज पूरै रिङरोडमा स्कुल बस निकालेर जाम गराएका छौँ,” उनले भने ।
तर, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले भने निजी विद्यालयको प्रदर्शनका कारण सवारी आवागमनमा खासै असर नपरेको बताए । “निजी विद्यालय सञ्चालक सडकमा उत्रिएपछि अलिकति असहज त हुन्छ, तर सवारी रोक्नुपर्ने वा डाइभर्सन गर्नुपर्ने अवस्था छैन । उहाँहरूले चक्रपथ मात्र घुम्ने भन्नुभएको छ,” उनले स्पष्ट पारे ।












सम्बन्धित समाचार
मेयर राजेशमान सिंहलाई कारबाही गरे पाप लाग्ने : गृहमन्त्रीकाे दाबी | तीन तीनसांसदले बोलेपनि भएन कार्वाही, कार्वाही गराउन महामन्त्री गगन थापासँग गुहार
EXCLUSIVE : सलाई फैट्रिको सम्पति हत्याउन नक्कली अध्यक्ष बने वीरगंजका मेयर राजेशमान सिंह, जग्गा किने भोला कलवार गराए प्लटिङ (भिडियाे रिपाेर्ट सहित)
मेयर राजेशमान सिंहकाे नागरिकता किर्ते सम्बन्धि पेशी आज
मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : साेमबारका लागि सर्याे पेशी
नागरिकता किर्ते प्रकरण : पर्सा प्रहरी मेयर सिंहको बचाउमा, उच्च अदालतको आदेशमा टालटुले जवाफ | पुनः विस्तृत विवरण पेश गर्न अदालतकाे आदेश
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, उच्चकाे रिट पेशीमा चढ्याे
वीरगंजका मेयर सिंहले गरेकाे किर्ते नागरिकता प्रकरण : उच्च अदालतकाे पत्र जिल्ला प्रहरी कार्यालयमा, लिखित जवाफ तयार गर्दै पर्सा प्रहरी (भिडियाे सहित)
वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्च अदालतको अल्टिमेटम
वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते प्रकरणमा उच्च अदालतमा परमादेश माग सहितकाे रिट दर्ता
वीरगंज मेयर नागरिकता किर्ते प्रकरण : दुई महिनापछि बल्ल पञ्जिकरण अधिकारीसँग बयान लिए पर्सा प्रहरी
संघिय सदनकाे शुन्य समयमा नागरिकता किर्ते गर्ने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही गर्न डा. स्वर्णिम वाग्लेकाे माग (भिडियाे सहित)
भिडियाे सामाग्री