शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान फोहोरको डम्पिङ साइटमा परिणत
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान फोहोरको डम्पिङ साइटमा परिणत
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार ३१, २०८३
A1 Beakery Add A1 Beakery Add

मधेस प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले नेपालकै महत्त्वपूर्ण सहरमध्ये एक हो ।

हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र माता सीताको जन्मभूमिका रूपमा विश्वभर परिचित यस सहरमा हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी पर्यटक तथा श्रद्धालुहरू आउने गर्छन् । सहरको केन्द्रमा अवस्थित जानकी मन्दिर यहाँको प्रमुख आकर्षण हो । ‘५२ कुटी, ७२ कुण्ड’ को उपनामले परिचित जनकपुरधाममा दर्जनौँ मठ–मन्दिर, पोखरी तथा धार्मिक सम्पदाहरू रहेका छन् । तर जानकी मन्दिरबाट करिब पाँच सय मिटर पश्चिममा रहेको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान भने अहिले फोहोर र अव्यवस्थाको चपेटामा परेको छ ।

मन्दिर दर्शनका लागि जाने मुख्य मार्गमै पर्ने यो मैदानको दुर्दशाले जनकपुरधामको सौन्दर्यमा नकारात्मक प्रभाव पारेको मात्र होइन, पर्यटकहरूलाई समेत निराश बनाउने गरेको छ । कुनै समय खेलकुद, सांस्कृतिक कार्यक्रम, राजनीतिक सभा तथा सार्वजनिक गतिविधिको केन्द्रका रूपमा परिचित बाह्रबिघा मैदान अहिले फोहोर फाल्ने डम्पिङ साइटमा परिणत भएको छ । मैदानको मुख्य प्रवेशद्वारमै फोहोरको थुप्रो देख्न सकिन्छ भने भित्र प्रवेश गर्नेबित्तिकै दुर्गन्धका कारण सर्वसाधारण र पर्यटकहरूलाई मास्कको आवश्यकता महसुस हुने अवस्था रहेको स्थानीयहरू बताउँछन् ।

मैदानभित्र दर्जनौँको सङ्ख्यामा गाई, भैंसी तथा बाख्रा चरिरहेका देखिन्छन् । मैदान वरपर रहेका केही निजी अस्पतालबाट निस्कने सङ्क्रमणयुक्त फोहोरसमेत यही क्षेत्रमा फालिने गरेको स्थानीयको गुनासो छ। वर्षायाममा अस्पतालजन्य फोहोर पानीमा तैरिरहेको दृश्यले जनस्वास्थ्यमा समेत जोखिम बढाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बाह्रबिघा छेउमै बसोबास गर्ने वडा नम्बर १० का स्थानीय राजु कर्णका अनुसार पञ्चायतकालमा समेत मैदान अहिलेको भन्दा व्यवस्थित र सफा थियो । उनका अनुसार प्रदेश सरकार र स्थानीय तह दुवै सशक्त बने पनि ऐतिहासिक सम्पदाको संरक्षणमा आवश्यक चासो दिइएको छैन । उनले बाह्रबिघाको संरक्षण र व्यवस्थापनमा जनकपुरधाम उपमहानगरपालिका तथा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को भूमिका कमजोर रहेको आरोप लगाए । जनप्रतिनिधिहरूले दैनिक यही मार्ग प्रयोग गरे पनि संरक्षणमा ध्यान नदिएको उनको भनाइ छ ।

स्थानीय खेलकुदकर्मी रमेश मल्लिकले बाह्रबिघा मैदानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको स्मरण गर्दै अहिलेको अवस्था देख्दा दुःख लाग्ने बताए । उनका अनुसार मैदानको संरक्षण र पुनर्जीवनका लागि स्थानीय समुदाय नै अग्रसर हुनुपर्ने अवस्था सिर्जना भएको छ । दुर्गन्ध र फोहोरका कारण मैदान आसपासको सडक प्रयोग गर्ने सर्वसाधारण नाक थुनेर हिँड्न बाध्य छन् । विवाह पञ्चमी, सरसफाइ दिवस वा विशेष समारोहका बेला मात्रै सरसफाइ हुने र अन्य समयमा बेवास्ता गरिने प्रवृत्तिले समस्या झनै जटिल बनेको स्थानीय अमरेशकुमार सिंह बताउँछन् ।

स्थानीय सामाजिक अगुवा सरोज मिश्रका अनुसार बाह्रबिघाको स्वामित्व सम्बन्धी विवादले यसको विकास र संरक्षणमा अवरोध सिर्जना गरेको छ । गत वर्ष प्रदेश सरकारले संरक्षणका लागि बजेट विनियोजन गरे पनि सम्बन्धित निकायबीचको विवादका कारण काम अघि बढ्न नसकेको उनले बताए । एक दशकअघि भारतीय राजदूतावासको आर्थिक सहयोगमा बाह्रबिघा मैदानको पर्खाल तथा गंगासागर र धनुषसागर पोखरीको डिल निर्माण गरिएको थियो । तर निर्माण कार्य गुणस्तरहीन भएको आरोपमा तत्कालीन बृहत्तर क्षेत्र विकास समितिका अध्यक्ष दिगम्बर रायसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

हाल बाह्रबिघा मैदान भारत तथा विभिन्न जिल्लाबाट आउने पर्यटक बस, जिप तथा ई–रिक्साको पार्किङ स्थलका रूपमा प्रयोग भइरहेको छ । मैदानको मुख्यद्वारमै फलफूल, कपडा लगायतका सामग्रीको व्यापार हुने गरेको छ । भारतको उत्तर प्रदेशबाट जानकी मन्दिर दर्शनका लागि आएका रामउदार साहले बाह्रबिघाको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै धार्मिक तथा पर्यटकीय स्थल अझ व्यवस्थित र सफा हुनुपर्ने बताए।

स्थानीयवासीका अनुसार राजधानीको पहिचान केवल प्रशासनिक केन्द्रका रूपमा मात्र नभई सार्वजनिक स्थलको संरक्षण, स्वच्छ वातावरण, पूर्वाधार विकास र सम्पदाको व्यवस्थापनबाट निर्धारण हुने भएकाले बाह्रबिघा मैदानको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थापनमा सबै सरोकारवाला निकाय एकजुट हुन आवश्यक छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १६:५६
#मधेस प्रदेश #सरसफाइ #पर्यटन #जनकपुरधाम #फोहोर व्यवस्थापन #सांस्कृतिक सम्पदा #सार्वजनिक सम्पत्ति #जानकी मन्दिर #धार्मिक पर्यटन #ऐतिहासिक सम्पदा #मधेस समाचार #वातावरण प्रदूषण #जनकपुर उपमहानगरपालिका #बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् #बाह्रबिघा मैदान
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ बिहीबार, असोज २९, २०८३
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP